
काठमाडौँ, ७ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा एक लाख रुपैयाँको चेक आसमान नेपाललाई हस्तान्तरण गरिएको हो ।
सेन्टमेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन ‘आसमान नेपाल’ ले करिव २८ वर्षदेखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ । यस प्रकारको सहयोगबाट महिला तथा बालबालिकाको सशक्तिकरण, सबलिकरण तथा चौतर्फी विकासमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
आउँदा दिनहरूमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले जानकारी दिइन् ।
यसका साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाइ जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
यस्तै, बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिने योजना सार्वजनिक गरेको छ ।















प्रतिक्रिया