
कावासोती, ७ फागुन । नवलपुरको मध्यविन्दुमा मोटरसाइकल अनियन्त्रित हुँदा १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान मध्यविन्दु नगरपालिका–१३ मैनाघाटस्थित भित्रि सडक खण्डमा ना १३ प ७४१७ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मध्यविन्दु १४ बस्ने २७ बर्षका ओम बहादुर सारुको मृत्यु भएको छ ।












प्रतिक्रिया