५ कार्तिक २०८३, बिहिबार

नेपाल आएका चर्चित गायक सोनु निगम बिरामी

20.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ । नेपाल आएका चर्चित बलिउड गायक सोनु निगम बिरामी भएका छन्। पोखरामा रहेका उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि उपचारका लागि नर्भिक अस्पताल काठमाडौं ल्याइएको छ।

गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।

यसअघि दुई साता अघि पनि उनी बिरामी परेर अस्पताल भर्ना भएका थिए । समुद्री खानाका कारण एलर्जी भएपछि उनको मुम्बईमस्थित नानाभाती अस्पताल उपचार भएको थियो ।

साेनु केही दिन अघि मात्र नेपाल आएका थिए । उनले चर्चित नेपाली गीत पनि गाएका छन् ।