२० कार्तिक २०८३, शुक्रबार

काठमाडौँको होस्टलमा मुगुका विद्यार्थीको रहस्यमय मृत्यु

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ फागुन । बुढानिलकण्ठ नगरपालिका भंगालको दलित महिला उत्थान बाल शिक्षालयको होस्टलमा एक जना बालकको रहस्यमय मृत्यु भएको छ ।

मुगुको सोरु गाउँपालिका–२ घर भएका १२ वर्षीय समुन्द्र मल्लको मृत्यु भएको हो । उनी दिउँसो टाउको दुख्यो भन्दै स्कुलबाट निस्किएको शिक्षकहरुले बताएका छन् ।

शिक्षकहरुका अनुसार कक्षा २ मा अध्ययरत उनी सोमबार दिउँसो होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए ।

तर, प्रहरीलाई भने अस्पताल पुगाएपछि मात्र खबर गरेको पाएएको छ । कक्षा २ मा पढ्ने विद्यार्थीले आत्महत्या गरेको शिक्षालयले दाबी गरे पनि स्थानीयले घटना रहस्यमय भएको बताएका छन् ।

प्रहरीले पनि हालसम्म बालकले आत्महत्या गर्नुको कारण पत्ता लगाएको छैन । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी फणीन्द्र प्रसाईंले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।