
काठमाडौं, ७ फागुन । सुनको भाउ सोमबारको तुलनामा मंगलबार स्थिर रहेको छ । सोमबार प्रतितोला ६२ हजार ७ सयमा कारोबार भएको छापावाला सुन मंगलबार पनि सोही मुल्यमा कारोबार भइरहेको हो ।
तेजावी सुन मंगलबार बजारमा प्रतितोला ६२ हजार ४ सयमा कारोबार भइरहेको छ । याे भाउ पनि साेमबारकाे बराबर नै हाे ।
यस्तै चाँदीको भाउ पनि मंगलबार सोमबारकै मुल्यमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवशायी महासंघले जनाएको छ ।















प्रतिक्रिया