३ कार्तिक २०८३, मंगलबार

‘प्रेसिडेन्ट सेकुवा’को आठौँ शाखा भरतपुरमा, सोमबारदेखि व्यापार शुरु (तस्बिर)

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ फागुन । चितवनको भरतपुर महानगरपालिकामा ‘प्रेसिडेन्ट सेकुवा’ले आफ्नो आठौँ शाखा खोलेको छ ।

सोमबारदेखि प्रेसिडेन्ट सेकुवाले आफ्नो व्यापार शुरु गरेको छ । लक्जरी सुविधासहित खुलेको प्रेसिडेन्ट सेकुवामा सबै प्रकारको खानाका परिकार र बैठक हलको व्यवस्था रहेको प्रेसिडेन्ट ग्रुपको अध्यक्ष शंकर भण्डारीले जानकारी दिए ।

‘प्रेसिडेन्ट सेकुवा’ले आफ्नो शाखा भरतपुरको ओरालोमा खोलेको छ ।

भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले प्रेसिडेन्ट सेकुवाको शाखाको उदघाटन गरेकी हुन् । उनले रेष्टुरेन्ट व्यवसाय भरतपुर महानगरपालिकामा आउनु भनेको रोजगारी र सेवा बढ्नु रहेको भन्दै खुसी व्यक्त गरिन् ।

उपमेयर शाहले प्रेसिडेन्ट सेकुवाले महानगरपालिकाभित्र लगानी भित्र्याएर राम्रो गरेको बताइन् । उनले प्रेसिडेन्ट सेकुवालाई ग्राहकलाई गुणस्तरीय खानाको स्वाद पस्किनेमा आफूले विश्वास लिएको बताइन् ।

‘आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिनु होला’, शाहले भनिन्, ‘विदेश जाने परम्परालाई तोडेर प्रेसिडेन्ट सेकुवाले रेष्टुरेन्ट व्यवसायमा हातहालेकोमा खुसी जनाइन् ।’

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानले आर्थिक रुपमा राम्रो सुधार गर्दै आएको भरतपुरमा अनुभवी रेष्टुरेन्टले थप उचाइँ दिने बताए ।

वैदेशिक रोजगारीबाट फर्केका १० जना युवाहरूले २०६३ सालमा ‘प्रेसिडेन्ट ग्रप’ बनाएर रेष्टुरेन्टको व्यवसायमा हातहालेका थिए ।

छोटो समयमा नै ‘प्रेसिडेन्ट सेकुवा’को व्यापार काठमाडौं उपत्यकाभित्र राम्रो भएपछि प्रेसिडेन्ट सेकुवालाई काठमाडौं बाहिर ल्याइएको ज्ञवालीले बताए ।

काठमाडौंमा यो ग्रुपको ६ वटा होटल तथा रेष्टुरेन्ट छन् । प्रेसिडेन्ट सेकुवाको अर्को शाखा लुम्बिनीमा पनि छ ।

उपभोक्ताको रोजाइलाई ध्यानमा राखेर प्रेसिडेन्ट सेकुवाले डिलक्स र स्टार लेवलको सुविधामा रेष्टुरेन्ट खोलेको प्रेसिडेन्ट ग्रुपका अध्यक्ष भण्डारीले जानकारी दिएका छन् ।

प्रेसिडेन्ट सेकुवामा ‘सेकुवा’लाई नै विशेष प्राथमिकतामा राखिएको छ । रेष्टुरेन्टमा सबै प्रकारका खानाका पारखीहरूका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट हुने भण्डारीले बताइन् ।

चितवनका स्थानीय र पर्यटकहरूले प्रेसिडेन्ट सेकुवामा खानाको स्वाद फरक पाउने अध्यक्ष भण्डारीको भनाइ छ ।

सयमअनुसारको सुविधा सम्पन्न किड्स प्ले रुम, पारिवारिक रुमका साथै ठूलो स्क्रिनमा लिरिक्स हेर्दै गीत गाएर मनोरञ्जन लिने जापानिज शैली ‘काराओके’ समेत मुख्य विशेष प्रेसिडेन्टको विशषता रहेको छ ।

करीव एक करोड लगानीमा संचालनमा आएको प्रेसिडेन्ट सेकुवाको भरतपुर शाखाले ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रेसिडेन्ट सेकुवामा सेकुवाको मात्रै परिकार पाइने छैन । आवश्यक्ताअनुसार मिटिङ हल पनि व्यवस्था छ । हलमा १ सय ५० सहित रेष्टुरेन्टमा एक पटकमा १ सय जनालाई एकैसाथ सेवा प्रदान गर्न सक्ने व्यवस्था छ ।