२९ आश्विन २०८३, बिहिबार

मधुमेह र उच्च रक्तचाप भएकालाई अदुवा बेफाइदा

3.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अदुवालाई घरेलु औषधिका रुपमा खाने गरिन्छ । अदुवाको जरालाई मसला र औषधिका रूपमा प्रयोग गरिदै आइएको छ ।

अदुवाले रोग निको पार्नका लागि औषधिको काम गर्छ । स्वास्थ्यसम्बन्धी केही यस्ता अवस्थामा अदुवाको प्रयोग गर्नुहुँदैन ।

तौल बढाउन चाहनेले सकभर अदुवा नखाँदा राम्रो हुन्छ । किनकि, यसले तौल कम गर्ने काम गर्छ ।

रगतसम्बन्धी समस्या छ भने पनि अदुवा नखाँदा नै बेस हुन्छ । रगत पातलो हुनेसम्बन्धी कुनै पनि समस्या भएकाले अदुवाको प्रयोग गर्नुहुँदैन ।

गर्भवतीले पनि अदुवा नखाँदा नै ठीक हुन्छ । पछिल्लो तीन महिना त झनै अदुवा खानुहुँदैन । अदुवाले समयभन्दा पहिल्यै डेलिभरीको समस्या हुन सक्छ ।

मधुमेह वा उच्च रक्तचापको औषधि सेवन गरिरहेकाले पनि अदुवा नखानुस् । किनकि, यसले औषधिसँग मिलेर अझ बढी समस्या निम्त्याउँछ ।