
-वि.वि. श्रेष्ठ
काठमाडौं । राजनैतिक व्यवस्थाका कारण देशमा विकास र समृद्धि आउन सकेको छैन । न त नेताहरुमा गणतन्त्र प्राप्ति पछि पनि तार्किक भिन्नता नै पाइन्छ । न्याय र समानताको नारा दिने नेताहरु पदमा आसिन भएपछि सर्वथा सहज देख्ने मनोवृत्तिले ग्रसित भएका छन् ।

नेपालको राजनैतिक परिदृश्यलाई नियाल्ने हो भने यो मनोरोगले आम राजनैतिक दललाई गाँजेको पाईन्छ । सत्तासीन र सत्ताइतरको राजनीति गर्ने नेपालको राजनैतिक दलका नेताहरुको असक्षमताले दल विशेषलाई दोषारोपण गर्ने खुबीबाहेक केहि देखिएन । स्पष्ट दृष्टिकोण र कार्ययोजना विनाको राजनीतिले देशको हरेक क्षेत्रमा नै कलंकपूर्ण बन्यो । व्यक्ति र नेताको व्यक्तिगत टकराव मात्र नभई असमक्षता ढाक्ने प्रवृत्ति आम व्यवहार बन्यो । देश र जनताका लागि भन्दा पनि व्यक्ति केन्द्रित राजनीतिले नेपाली जनतालाई वन्धक वनाईदियो ।
राम्रो भन्दा हाम्रो खाज्ने प्रवृत्ति देशका लागि अफाफसिद्ध हुन्छ भन्ने समान्य हेक्का नराख्ने राजनैतिक दलका नेताहरु र नेताहरुको चाकडीमा जीवन निर्वाह गर्न पल्केका कार्यकर्ताहरुका कारण देश नै अस्तव्यस्त वनिदियो । खानेपानी होस वा शिक्षा, मठमन्दिर होस वा धर्मकर्म, जातजाति होस वा विकासनिर्माण हरेक पक्षमा राजनीति गर्न अभयस्त वनिदियो ।
राजनीति केवल सेवा हो भन्ने समान्य ज्ञान नभएकाहरु नेता बने । घरदेखि टोल हुँदै जिल्ला र केन्द्रसम्म गच्छे अनुसारको भुरे टाकुरे नेताहरु उदाए । जनताका सेवा का लागि गरिने राजनीति व्यापार र व्यवसाय का भरपर्दो माध्याम वनिदियो । भगवान सम्झने चिकित्सकको पेश होस वा जनतालाई सूचित वनाउने शिक्षा क्षेत्र नै सवैभन्दा व्यापारिकण वनिदियो ।
देश र जनताका लागि काम गर्ने सपथ खाएका जनप्रतिनिधिहरु आसेपासे धन्दा र कमाउने धन्दा भन्दा बाहिर निस्कन सकेनन् । कुवाको भ्यागुताले कुवालाई नै सन्सार देख्दछ भने झैँ राजनीतिकर्मीहरु कमाउने धन्दालाई समाजसेवा र राजनीति देख्न थाले ।
देश र जनताका लागि काम गर्ने सपथ खाएका जनप्रतिनिधिहरु आसेपासे धन्दा र कमाउने धन्दा भन्दा बाहिर निस्कन सकेनन् । कुवाको भ्यागुताले कुवालाई नै सन्सार देख्दछ भने झैँ राजनीतिकर्मीहरु कमाउने धन्दालाई समाजसेवा र राजनीति देख्न थाले । आफु अनुकुलताको परिभाषामा अभ्यस्त हुने विचारविहिन व्यत्तिहरु नेताका भेषमा लुटन अभ्यस्त वनिदियो ।
राजनीति के का लागि भन्ने समान्य हेक्का राख्न नसक्ने भीडहरुको जमात रहेको नेपालका राजनीतिमा त्यो भन्दा लाखौ गुणा कार्यकर्ताहरु नेता नामका अमुकताको ढाल वनिदियो । कर्ममा विश्वास नराख्ने र खुरापातीमा नै जीवन व्यतित गर्ने कार्यकर्ताहरु स्वयं परिजीवी वनिदियो ।
योग्यता, क्षमता र कर्ममा विश्वास नराख्नेहरु नेताहरुको गुलामीमा अभ्यस्त वनिदियो । कार्यकर्ताको यहि कमजोरीमा खेलेर नेताहरु जनताको पसिना चुस्न प्रतिस्पर्धा गरिरहयो । स्वनिर्भरतामा वाच्ने जमात हरु विलिन हुदै गयो । वैचारिक विचलन ह्वात्तै वढेर आयो । नेपालको सन्दर्भमा नेता र कार्यकर्ता धेरै जनता थोरै हुने प्रवृत्ति वढिदियो । पढाई, योग्यता, क्षमता र ईमान्दारितामा विर्को लागेकाहरु राजनीतिमा होमिने अवस्था को वृद्धि भयो ।
यहि लगौटीमा उभिएको कार्यकर्ता र जनताका बलमा नेताहरु भनाउदाँहरुले देश नै विदेशीको अगाडी वन्धकी राखिदियो । राजनीति देश र जनताका लागि हैन, व्यक्ति परिवारका लागि केन्द्रित वनिदियो । देशको राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता भन्दा घरको चार किल्ला नै सर्वेसर्वा वनिदियो । छोराछोराका पढाई र सम्पतिका अगाडी विदेशी सँग लम्पसार परेका नेपालका राजनीतिकर्मीहरु वाघको छाला ओडेर गर्जिदियो ।
विश्वको राजनैतिक तथा अािर्थक ईतिहास नियाल्ने हो भने व्यक्तिगत स्वार्थमा केन्द्रित राजनीतिकर्मीहरु सफल भएका देखिदैनन । देश र जनताका लागि परिवर्तन र सुधार गर्ने हो भो परिवार केन्द्रित हुने नेतावाट सम्भव हुदैन । यति सम्म समान्य ज्ञान समेत नभएका जनता र कार्यकर्ताहरुको यहि कमजोरीमा खेलेर नेतारुपी दानवहरु जनतालाई नै लडाउने अभियानमा सक्रिय वनिरहेका छन् ।
आर्यघाटमा पुगेर पार्टीका झण्डा ओडाएर पनि राजनीति गर्ने नेताहरु, र त्यसको ढाल वनेर उभिने रमिते कार्यकर्ताहरु रहिन्जेलसम्म नेपालको राजनीतिले मुहार फेर्न अवस्था छैन । लासमाथिसमेत राजनीति गर्न पछाडी नपर्ने नेताहरुको शैली परिवर्तन र उनीहरुमा ल्याउने परिवर्तन भनेको जनताले नै हो भन्ने कुराको जवसम्म आम जनता र कार्यकर्तालाई आभास हुदैन तकसम्म राजनीति सेवा हैन, व्यापार वनिरहन्छ ।
पद र सत्तामा वस्दा सहज देख्ने नेता र पार्टीहरु सत्ता वाहिर वस्दा अधिनायकवाद र नालायक देख्ने प्रवृत्ति नै नेपाली राजनीतिको घातक पक्ष हो । यहि पक्षको ढाकछोपमा हामी कार्यकर्ता र जनता अविरल जीवनको पर्वाह नगरी लडिरहने अर्को मुख्य समस्या हो । जुन लामो समय सम्म चलिरहयो र कालान्तरसम्म पनि यो प्रवृत्ति चलिरहनेमा कुनै शंका छैन ।
आर्यघाटमा पुगेर पार्टीका झण्डा ओडाएर पनि राजनीति गर्ने नेताहरु, र त्यसको ढाल वनेर उभिने रमिते कार्यकर्ताहरु रहिन्जेलसम्म नेपालको राजनीतिले मुहार फेर्न अवस्था छैन । लासमाथिसमेत राजनीति गर्न पछाडी नपर्ने नेताहरुको शैली परिवर्तन र उनीहरुमा ल्याउने परिवर्तन भनेको जनताले नै हो भन्ने कुराको जवसम्म आम जनता र कार्यकर्तालाई आभास हुदैन तकसम्म राजनीति सेवा हैन, व्यापार वनिरहन्छ ।
देश निर्माण र राष्ट्रिय स्वाधिनताका रक्षा कमजोर मस्तिष्क र सोचले हुन सक्दैन भन्ने कुरा वुझ्न जति ढिलो हुन्छ, समृद्धिको र समानताको नारा जति घन्काए पनि हुनेवाला केहि छैन । पात्र फेरिए, प्रवृत्ति फेरिएन, देश वनाउनका लािग परिवार वाद र स्वार्थतामा लिप्तहरुको पछाडी होईन, निडर र देशप्रमि र जनताप्रतिको उत्तरदायित्व वहन गर्ने नेताबाट मात्र सम्भव छ भन्ने कुरा वुझन अव ढिला गर्न हुँदैन ।
ईतिहास र पुर्खाको योगदानलाई भजाएर गरिने राजनीतिले नेपालको अर्थव्यवस्था र जनताको परिवर्तन कदापि सम्भव हुन सक्दैन । जनता जर्नादन हुन् तर त्यो केवल भोट र नोटका लागि मात्र होईन, देश र जनताका आमुल परिवर्तनका लागि हुनुपर्दछ भन्ने कुरा नेपालका राजनीतिकर्मीहरुले वुझने ल्याकत सायद नराख्लान् । गधालाई नुहाएर गाई बनाउन सकिन्छ भन्ने मनोगत भावना अव जनताले पाल्नु हुँदैन ।















प्रतिक्रिया