२० कार्तिक २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन ८ गते सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले सो जानकारी दिनुभएको हो ।

यसैगरी सोही दिन धनगढी खुलमञ्चमा आयोजना हुने पार्टीको सुदूरपश्चिमस्तरीय विषेश कार्यकर्ता भेलालाई पनि उहाँ र कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’लगायत नेताले पनि सम्बोधन गर्नुहुने नेकपा प्रदेश कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले बताउनुभयो । –रासस