
काठमाडौँ । देशभरिका ४० वटा विद्यालयबाट ४९ जना बालकलाकारहरु सहभागी भएर अभिनय गरेको प्रज्ञा लालाबाला दोस्रो एकल बालनाटक महोत्सव समापन भएको छ ।
शिल्पी थिएटरमा भएको महोत्सवमा राम्रा कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्कृष्ट पाँच कलाकार छनौट गरिएको थियो । जसमा क्रियटिभ स्कुलकी विदिसा महर्जन, एम्बिसन एकेडेमीकी प्रेरणा भट्टराई, पायोनियर पब्लिक स्कुलकी दिपिका ढुँगाना, जुगल ई. स्कुलकी स्मेरा विष्ट, लिटिल एन्जल्स स्कुलकी आयुष्मा पौडेल उत्कृष्ट घोषणा भए ।
यी उष्कृट पाँचलाई श्रीलंकामा एक दिने महोत्सव आयोजना गरेर मञ्चन गरिने योजना रहेको महोत्सव निर्देशक टंक चौलागाँईले जानकारी दिए । पुरस्कृत बालकलाकारहरुलाई निर्णायक मध्येका प्रमुख हरिहर शर्माले नगद चार हजार, मायाको चिनो र प्रमाणपत्र हस्तान्तरण गरे । साथै सहभागी सम्पूर्ण बालकलाकारलाई मायाको चिनो, प्रमाण पत्र र सहभागी विद्यालयहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

महोत्सवको अन्तिम दिन विदिसा महर्जन, युगल खतिवडा, रोहन विश्वकर्मा, पुजा अधिकारी, नविना न्यौपाने, जोस्ना सेढाई, सुस्मिता अर्याल, रिहान श्रेष्ठ, जेनिस उप्रेती, कृतिका पौडेल, नरेस ढेंगा, आयुस रिमाल, सुस्मा धिताल, आकृति सिटौला, दीपिका ढुँगाना, आयुष खरेल र आयुष सिटौलाले अभिनय गरेका थिए । महोत्सव काठमाण्डाैँ प्रज्ञा कुञ्ज स्कुलले अयोजना गरेको हो भने स्कुल थिएटर नेपालले समन्वय गरेको हो ।
महोत्सवमा रंगकर्मका साथै विद्यालयहरुमा रंगकर्म पढाई रहेका १६ जना रंगकर्मीहरुलाई थिएटर एजुकेसन सम्मान गरिएको थियो ।















प्रतिक्रिया