
काठमाडौँ, ५ फागुन । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ६२ हजार ५०० मा कारोबार भइरहेको छ ।
साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ ।
आज चाँदी भने रु ७७५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलामा ७६५ मा कारोबार भएको थियो ।















प्रतिक्रिया