शनिबार, ९ चैत २०७५
DainikNepal.com
शनिबार, ९ चैत २०७५

मण्डला कट्टु, पेटिकोट लगाएर उफ्रिने ठाउँ हैन : प्रधानमन्त्री (अन्तरवार्ता)

दैनिक नेपाल २०७५ फागुन ४ गते १५:०५

नेकपा नेतृत्वको दुई तिहाई बहुमतको सरकारको एक बर्ष पूरा भएको छ । यो बर्षलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आधार बर्ष भनेका छन् । अर्थात्, जग हाल्ने बर्ष । केही पपुलर विषयका घोषणा र उद्घाटन भएका छन् । कतिपय पाइपलाइनमा छन् । भ्रष्टाचारविरुद्ध सरकार सक्रिय भएको प्रधानमन्त्रीले घोषणा पनि गरेका छन् । यो एक बर्षको आफ्नै समिक्षाचाहिँ कस्तो छ त ? प्रधानमन्त्री ओलीसँग गरिएको विशेष अन्तरवार्ताका सम्पादीत अंश :

यहाँले यो वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासन र समृद्धिको आधार वर्ष भन्नु भयो । के–कारणले तपाईंले समृद्धिको आधार वर्ष भन्नुभएको ?

सरकार, संसदको यस कार्यकालको लागि मात्रै होइन । संविधान बन्यो । कार्यान्वयनका लागि कानुन थिएन । संविधानले संरचनाको कल्पना ग-यो । संरचना थिएनन् । निर्वाचन भयो । निर्वाचन भए पनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्ने केही पनि थिएन । २० वषदेखि स्थानीय निकायहरू रिक्त थिए । त्यस अवस्थामा संरचनागत पक्षको तयारी गर्नु आवश्यक थियो । कर्मचारीहरूको संमायोजन गर्नु जरुरी थियो । यो अभ्यास, विल्कुलै नयाँ अभ्यास । सङ्घीय शासन प्रणाली नेपालको इतिहासमा पहिलो, पृथक थियो । यो असजिलो प्रणाली हो ।

अर्कोतिर, कुनै अभ्यास नभएको । कुनै दृष्टान्त नभएको । कुनै उदाहरण नभएको । कुनै नजिर नभएको । त्यस्तो व्यवस्था हो । जो आफैले नयाँ अभ्यासद्वारा नजिरहरू अनुभवका आधारमा स्थापित गर्दै जानुपर्छ । लोकतन्त्र, मैले भन्ने गर्छु यो वेस्ट मिस्टरीयल (पश्चिमा) प्रणाली हो । तर यो संसदीय व्यवस्था ठ्याक्कै त्यस्तो होइन । जे कम्पोनेन्ट छ, त्यो पृथक छ । समानुपातिक प्रतिनिधित्वको प्रणाली, समावेशीताको प्रणाली । यस्ता कुराहरू यसभित्र छन् । जसले गर्दा यसलाई साधारण संसदीय प्रणाली भन्दा पृथक बनाएको छ । यो आफैंमा अभ्यास गर्न सजिलो कुरा होइन । हाम्रो जस्तो गरिब र पछौंटे देशमा अभ्यास अझ जटिल कुरा हो । हामीले गणतन्त्र ल्याएका छौं, जो नेपालको इतिहासमा राज्यहरूको निर्माणपछि गणतन्त्रात्मक राज्य सुरुका कविलातन्त्र राज्यबाट जब रजौटातन्त्रमा गयो– त्यो हजारौं वर्षको इतिहास भयो । हामीलाई किराँत वंशी, लिच्छवी वंशी हुदैहुदै र २४० वर्ष राजतन्त्रले शासन ग¥यो । यत्रो लामो हजारौं वर्षको लामो राजतन्त्रात्मक पृष्ठभूमिलाई हामीले गणतन्त्रमा लग्यौं ।

मसँग स्वाभिमान र तागत छ भन्ने होइन । ईश्वरीय तागत लिएर बसेको छु भन्दा अर्को एउटा भ्रम दिएर बसेको छ । न जनताबाट मलाई शक्ति चार्ज भएको छ, न कतैबाट । यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री–जो पिलपिल गर्छ

यस्तो स्थितिमा यो नयाँ अभ्यासका लागि संविधान अनुरुपका कानुन निर्माण, नयाँ परिवेश, परिस्थिति अनुसारको कानुन निर्माण, संरचनाहरूको तयारी । यी सबै कुराहरू यतिबेला नै गर्नुप¥यो, यही वर्षमा नै गर्नु प-यो । र, हामीले गरेका पनि छौं । के–के ग-यौं भनेर फेहरिस्त गर्न पनि चाहन्न अहिले, त्यो जरुरी पनि छैन । विकासका निम्ति कसरी हाम्रा विकासलाई हामीले अगाडि बढाउने ? अब राजनीतिक पक्षहरू एउटा असाधारण ढंगले समाधान ग-यौं । द्वन्द्व समाधान भइसक्यो । व्यवस्थापन भइसक्यो । अब त्यसका केही घाउखत, असरहरू तिनीहरू बाँकी छन् । तिनीहरूलाई हामीले समाधान गर्नु छ । अर्कोतिर अब नयाँ ढंगले हामी अगाडि बढ्नु छ । हिजो त हामी आन्तरिक समस्यामा पिरोलिएका थियौं । अब आन्तरिक समस्या समाधान गरेर हामी सीमा भन्दा बाहिर पनि सहयोग, सम्बन्ध, सहकार्य, सद्भाव सबैका लागि बाहिरसम्म निस्किएका छौं । २०६५ भन्दा अगाडि म प्रधानमन्त्रीको हैसियतमा कुनै देश जान्थे भने एउटा राजाको रैती, प्रजा, जो कम्पाले प्रधानमन्त्री खाएको छ । त्यस्तो प्रधानमन्त्रीको हैसियतमा हिड्नु पर्नेथियो । मसँग स्वाभिमान र तागत छ भन्ने होइन । ईश्वरीय तागत लिएर बसेको छु भन्दा अर्को एउटा भ्रम दिएर बसेको छ । न जनताबाट मलाई शक्ति चार्ज भएको छ, न कतैबाट । यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री–जो पिलपिल गर्छ । त्यसप्रकारको स्थितिमा जानु पर्दथ्यो भने आज त जनताले बनाएको, सार्वभौमसत्ता सम्पन्न छन् जनता । तिनले बनाएको संविधान, संविधानले परिकल्पना गरेको प्रणाली र जनताबाट बहुमत प्राप्त सरकार । यो सहीत म जाँदा एउटा रैती होइन । सार्वभौम जनताको प्रतिनिधि । सार्वभौम राष्ट्रको प्रतिनिधि । स्वाधीन राष्ट्रको, जो स्वाधीन हैसियतलाई सही ढंगले प्रयोग गर्न सक्छ । त्यो प्रधानमन्त्रीको रुपमा समस्याहरूको समाधान गर्न सकेको प्रणाली, व्यवस्था र दलको प्रतिनिधिको रुपमा र अनुभवका साथ, दृष्टिकोणका साथ आज बाहिर जान्छु भने बाहिर जादाको बेग्लै हुन्छ त्यो । जो दुनियाँले देखेको छ ।

एक बर्षमा देखियो त ?

देखिएको छ । यसको प्रस्तुती नै फरक छ । हामी एउटा स्वाधीन राष्ट्रको हिसाबले । कहिले कहिले अभ्यासवस् कुनै देशले नेपालले यसो गर्नु प¥यो भन्ने ग¥यो भने म भन्ने गर्छु – नेपाल एउटा स्वाधीन देश हो । सबै भन्दा ठूलोे गर्व गर्ने कुरा यही छ कि हाम्रो उहीलेदेखि पुर्खाको पालादेखि दुनियाँ उपनिवेशको चक्रव्युहमा चकड्दिा पनि यो स्वाधीन रहेको मुलुक र स्वाधीनताका साथ अगाडि बढेको देश, त्यस स्वाधीनताको सगौरव यसले उपयोग गर्दछ । कुनै दवाव पर्दैन र स्वाधीनताको सौदावाजी गर्दैन । यो लाभ, त्यो लाभसँग स्वाधीनतालाई साट्दैन । यो त्यस्तो देश हो । त्यस देशले आफ्ना आन्तरिक नीति वा बाह्य नीतिहरू स्वतन्त्र ढंगले निर्धारण गर्छ र अगाडि बढ्छ ु । हामी त्यस विन्दुमा छौं र विकासको अब हामीले एउटा नयाँ संकल्प गर्नुछ । कृषिको आधुनिकीकरण, उद्योगको निम्ति आन्तरिक र बाह्य पुँजी परिचालन गर्न आकर्षक, ऐन, कानुन बनाउनेदेखि लिएर वातावरण बनाउनेदेखि लिएर, एकद्वार बनाउनेदेखि लिएर, प्रशासनिक उल्झन्, झन्झटहरू समाप्त पार्नेदेखि सब कामहरू गरिएका छन् । र, नीतिहरू तय गरिएको छ अब । कृषि मात्र भनिएको छैन । कृषिको आधुनिकीकरण कसरी गर्ने ? त्यस सम्बन्धमा कसरी हाम्रो विकासमा जोड्न सकिन्छ वा ल्याउन सकिन्छ । ती कुराहरू म गरिराखेको छु ।

आर्थिक सुशासनको सबैभन्दा महत्वपूर्ण काम भएको छ ?

भएको छ र भ्रष्ट तत्वहरू कारवाहीको डरले राजीनामा दिएर भाग्ने स्थितिमा छन् । कतिपय राजीनामा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन् । अनुगमन माथि अनुगमन भइराखेको छ । हरेक माथि लेन्स लगाएर हेरेको छु मैल । सरकार यत्त्तिकै चुप्प लागेर बसेको छैन् । सरकारी तवरबाट भ्रष्टचार कहाँ हुन्छ भन्दा सरकारी संयन्त्रसँग मिलेर नै भ्रष्टाचार भएको होला । तर सँगसँगै त्यहाँ भ्रष्टाचार नियन्त्रक निकायहरू पनि फेरि मसिनो गरी माइस्क्रोप्सले हेरिराखेका छन् । दुरबिन लगाएर हेरिराखेका छन् ।

भ्रष्टाचारविरुद्धको काम इमान्दारीताका साथ गरिराखेको छु भन्ने लाग्छ ?

गजवले ! मज्जाले ! म भ्रष्टाचार गर्दिन, गर्न दिन्न । अरुलाई पनि गर्न दिन्न ।

अहिले भएको छ कि छैन ?

मैले गरेको छैन । भ्रष्टहरूलाई कारवाही गर्छु । कारवाही भइराखेको छ त ।

सबै मन्त्रीहरू पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभागहरू जुन–जुन मन्त्रालयका हुन् ति कार्यकारी प्रमुख कै मातहत छन् । तसर्थ यो शक्तिशाली हुनको लागि ल्यायो हैन । जस–अपजस दोष अर्काले टाउकोमा छोडी दिएर काम गरे भैहाल्यो नि

आर्थिक रुपमा चाहिँ हामीले जनतालाई बुझ्ने यो समृद्धिको आधार वर्ष बनाउनको लागि ठ्याक्कै यो यो ग-यौं भनेर के–के भन्न सक्नु हुन्छ ?

थुप्रो भन्न सकिन्छ, एउटा हामीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जीवन बीमा । सामाजिक सुरक्षाको प्रबन्ध, योगदानमा आधारित र अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्र सरह व्यवस्थापन गर्ने एउटा युगान्तकारी सुरुवात गरेका छौं ।  लोककल्याणकारी राज्यको महत्वपूर्ण पार्ट हो । अर्को हामीले अस्तिका दिन एउटा कार्यक्रम अगाडि बढायौं, रोजगार सम्बन्धी र अब यति ठूलोे ऐतिहासिक मात्रै होइन

राज्य ग्यारेन्टर छ?

राज्य ग्यारेन्टर छ । यसरी एउटा नयाँ अभियान ।हामीसँग स्रोत छ, हामीसँग पुँजी छ । एकै ठाउँमा नहोला तर छ । तर छरिएको पुँजी एकठाउँ गरेर ।स–सानो पुँजी पनि छ । एकजुट गरेर एकठाउँ लग्यौं भने हामी देख्छौं केही पनि नभएको ठाउँमा एकजुट गर्दा खेरि करोडौं रुपैया त्यहाँ उठ्छ । ध्यान्ञ्चल यज्ञ भन्छन् त्यहाँ हजारौं टन धान तयार हुन्छ । त्यो कसरी हुन्छ भन्दा एकै जनाले दिएको हुदैन् । छरिएको चिजलाई जम्मा गरेर हुन्छ ।

तपाईले भ्रष्टाचार नियन्त्रणलगायतका कतिपय संस्था आफू मातहत ल्याउनु भयो ? शक्ति संचय गर्न खोजेको भन्ने आरोप छ नि ?

प्रधानमन्त्रीय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरू केन्द्रीत हुन्छन् । सबै मन्त्रालय मेरै मातहत छन् । सबै मन्त्रालय मेरै मातहतमा छन् । सबै मन्त्रीहरू पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभागहरू जुन–जुन मन्त्रालयका हुन् ति कार्यकारी प्रमुख कै मातहत छन् । तसर्थ यो शक्तिशाली हुन को लागि ल्यायो हैन । जस– अपजस दोष अर्काले टाउकोमा छोडी दिएर काम गरे भैहाल्यो नि । तर, प्रश्न जस अपजसको हैन । यी संस्थाहरू सतर्कता केन्द्र, राजश्व अनुसन्धानलगायत ल्याउनु भ्रष्टाचार नियन्त्रणका लागि ल्यायो । नजिकबाट हेर्नका लागि ल्यायो ।

यस कामका लागि र यसो गरिरहँदा शक्ति केन्द्रीत हुने भन्ने कुरा वेतुकको कुरा हो । लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिनटा अङ्ग छ र यी स्वतन्त्र छन् । तर संविधानबाट बाँधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरू हुन् । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरू र तिनको कामको निश्पक्षता, प्रभावकारीता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक पृथक अंगलाई पृथक–पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट । संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ । त्यो शक्ति ती जनप्रतिनिधिले जसले संविधान वनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् । तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । जनताबाट दिइएको अधिकार प्रयोग गर्न उनीहरूले संविधान निर्माण गर्छन् । सबैलाई संविधानले चलाउँछ ।

कुन चिज कतिवेला कहाँ नेरी राख्नु पर्छ भन्ने कुरा व्यवस्थित गर्नुछ । अव चेस खेल्दा यो यहाँ नेरी चाहिने यो मन्त्री चलाईदियो, घोडा चलाई दिएर मैले हारे । मैले चाहि यो हात्ति चलाई दियो र हारे । यस्तो खालको कुरा चाहि उचित होइन ।

तपाई मिडियामैत्री हुनुहुन्छ, तपाईको सरकार प्रेस स्वतन्त्रता नियन्त्रणमा छ भन्ने पनि त आरोप छ ?

परिश्रम बीनाको पारिश्रमिक, काम बीनाको रोजगारी, आम्दानी । यस्तोमा सक्रिय रहेका मान्छेहरू सक्रिय छन् । त्यसको प्रभाव त्यहाँ (डाबोस) सम्म पनि पु¥याईएको रहेछ । त्यो पु¥याईएको मलाई पहिले नै जानकारी थियो । त्यो राम्रै भयो मैले त्यहाँ स्पष्ट गर्ने मौका पाए । मैले कुनै कुरा त्यहाँ घुमाई फिराई लुकाएर, या लोकचार पारेर या अलिक ढाक छोप गरेर त्यसरी गर्नु पर्ने पनि थिएन । मैले खुलस्त आफ्ना कुराहरू राखेको छु । मैले भने स्वतन्त्रताका हकहरूका लागि, मानव अधिकारका लागि र प्रेसको स्वतन्त्रताका लागि मैले ५० वर्ष भन्दा बढी लडाई लडे । त्यस कारण म लोकतन्त्रका हरेक मुल्य मान्यताहरूको रक्षाको पक्षमा जीवन दिन तयार भएर आएको मान्छे हुँ । म जीवनपर्यन्त त्यस पक्षमा रहन्छु । लोकतन्त्र, लोकतान्त्रिक मुल्य मान्यता जस भित्र वाक् प्रकाशन स्वतन्त्रता पर्छ । प्रेस स्वतन्त्रता पर्छ । त्यसको पक्षमा म हुन्छु नै ।

मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होईन । पुजनीय ठाउँ हो । त्यो आम सभा गर्ने ठाउँ पनि होईन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होईन त्यो । जसलाई जे-जे लगाउन मन छ लगाए भयो । तर कुन ठाउँको प्रयोग कसरी गर्ने ?

यस भित्र दलगत बलको कुरै छैन । यसमा कुनै बाहानाबाजीको पनि कुरा छैन । फेरि अर्को कुरा, मेरो वोल्ने हक छ, वाक् स्वतन्त्रता मसँग छ । तर मैले तपाईलाई अपमान गर्न मिल्छ ? तपाईको आत्मसम्मानको पनि हक छ । त्यो पनि हक छ नि । अनि यो हकको प्रयोग गर्दा त्यो हक थिचोमिचो गर्न हुन्छ कि हुदैन ? मसँग बोल्ने हक छ, मैले तपाई प्रति झुटा आरोप लान्छनाहरू लगाउन मिल्छ कि मिल्दैन ? तपाईप्रति अमर्यादित, अश्लिल, स्तरहिन कुराहरू बोल्न हुन्छ कि हुदैन ? यस्तो हुँदैन है भन्यो भने प्रेस स्वतन्त्रता समाप्त भयो, प्रेस स्वतन्त्रता विरोधी कुरा भो भन्नु कति वाञ्छनीय हुन्छ ? स्वाधीनता, स्वतन्त्रताका हकहरू खुम्चिदो छ भन्ने त्यही कुरा पु¥याएका रहेछन् डावोसमा पनि, न्यूयोर्क टाईमसका पब्लिसर, सम्पादक जे हुन्, त्यस स्तरका मान्छेले त्यस्ता हल्लाबाटै राम्रो कुरा नबुझिकन, नेपालको बुझ्न त गाह्रो त छैन नि । नेपाल राम्ररी नबुझिकन मण्डलामा नाच्न पाईएन, उफ्रिन पाईएन भनेर भन्छ नि स्वतन्त्रता, प्रजातन्त्र त सकिए छ त नेपालमा त । मण्डलामा उफ्रिन नपाएपछि त खोई प्रजातन्त्र ? यस्तै सुनाएका हुँदा हुन् । तर यो सही कुरा होईन । प्रजातन्त्र मण्डलामा उफ्रिनु र प्रजातन्त्रका बीचको सम्बन्ध कुनै छैन ।

मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होईन र पुजनीय ठाउँ हो र त्यो आम सभा गर्ने ठाउँमा पनि होईन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होईन त्यो । जसलाई जे -जे लगाउन मन छ लगाए भयो । तर कुन ठाउँको प्रयोग कसरी गर्ने ? कसलाई प्रसिद्ध हुन मन लाग्छ, कसलाई अखवारमा आउन मन लाग्छ, कसलाई मिडियामा छाउन मन लाग्छ, कसलाई सेलिवे्रटी हुन मन लाग्छ, गरे भो । यहाँ त के भर्खरका जवान मात्र होईन । पूर्वप्रधानन्यायाधीश भइ सकेकाहरूसम्म पनि सेलिव्रेटी अच्चम लाग्छ । तमासा, मैले कहिले विद्वताको दावी ग¥या छु र ? मैले ईमानको मात्र दाबी ग¥या छु । ईमान मात्र मसँग पूर्णत छ । म सँग पूर्ण विद्धता छ, पूर्ण ज्ञान छ भैले भन्या छैन । ज्ञान पूर्ण हुनै सक्दैन । मैले आफुलाई विद्वान भनेको पनि छैन । पढाई लेखाई नभएको मुर्ख भन्न मण्डला किन पुग्न पर्छ र ? घरैबाट भने पनि हुन्छ, त्यति गरे पनि हुन्छ । म ईमानदार मात्रै हो । म ईमानदार मात्र हुँ । मैले भनेको छु । अनि विद्वान होइन भनेर किन गाली गर्नु पर्यो ?

दुईटा पार्टी एउटा वनाउनु भयो, त्यसको एउटा ऐतिहासिक महत्व छ । नेपाल राजनीतिक स्थितरताकाे बाटोमा गएको छ । अर्को चाहिँ मिडियाको सन्दर्भ मा पनि ?

मिडिया मेरो विरुद्धमा छ भन्ने पनि लाग्दैन । मैले मिडियाबाट पुराका पुरा सहयोग पाएको छु । मलाई मेरा साथीहरूले आलोचना गरिराख्या छन् । टिप्पणी पनि गर्छन् । साथ पनि दिन्छन नि त । साथ पनि दिईराख्या छन् । त्यस काराण हाम्रो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली कलिलो–कलिलै छ । कहाँ आलोचना गर्ने ? कहाँ टिप्पणी गर्ने ? कहाँ नगर्ने ? कहिले कहिले छुटिदैन । तलमाथि पर्न सक्छ, त्यति मात्र हो ।

सञ्चार माध्यमले पनि कहिले कहिले अब यो सञ्चार माध्यमले पनि कति भयो । उमेर नै कति भो ? मोटा मोटी १०, १५ वर्ष २० वर्ष भयो होला । यस बीचमा एक दम परिपक्कता आउनु पर्छ भन्ने केही छैन । यो परिपक्कता लोकतान्त्रिक अभ्यासमा पनि नआएको हुन सक्छ । सञ्चार माध्यममा पनि नआएको हुन सक्छ । यस्ता कुराहरू प्रति, साना तिना कुराहरू, साना तिना चुकहरू प्रति अथवा कहिले कहिले मान्छे हो कुनै कुनै सम्पादकलाई, कुनै कुनै रिर्पाेटरलाई, कुनै कुनै पब्लिसरलाई कसलाई केमा झोक चल्ला, अलिकति केही लेख्ला ।

यसको अर्थ मिडिया मेरो विरुद्धमा गयो, सरकारको विरुद्धमा गयो भन्ने होईन । म त्यस रुपमा बुझ्दिन् । यति फे्रन्डिली छ, यति फे्रन्डिली छ अत्यन्तै आत्मिय । मेरो मन नपरेको कुरा पनि मिडियाले भनिहाल्छ । मिडियाको मन नपरेको कुरा पनि मैले भनिहाल्छु । यति खुलस्त, यति आत्मिय छ नि । मिडिया पनि मसँग डराउदैन । विश्वास छ म माथि यो मिडिया फे्रन्डिली छ । कहिले कहिले मैले अलिकति टिप्पणी गरे भने लौँ मिडियाको सम्बन्धमा बोल्यो । अब यसलाई मिडियाले थिच थाच, किच काच बनाएर अचार वनाउछन् होला जस्तो ठान्छन् कतिले । अरुलाई भए मिडियाले थिच थाच गर्ला, मलाई गर्दैन । यो जे गरेको छ यसले अनेस्टली ग¥या छ भन्ने थाहा छ सबैलाई ।

तपाईको सरकारलाई यो आधार बर्षको १० पूर्णांकमा कति दिनुहुन्छ ?

यसका केही पक्षहरू छन् । यदि तपाईले यो नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक प्रणाली र संविधान कार्यान्वयनको र हाम्रो अगाडि बढ्ने बाटोको आधार जग तयार गर्ने र समुचित गर्ने पक्षमा हेर्नु भो भने पूर्णाङ्क १० तर तपाईले दिनुहुन्छ १५, पूर्णाङ्क भन्दा डेढ बढी ।

अझै अझै यसमा के छ भने, यो १ वर्षमा जे भो नयाँ प्रणालीमा अनेक खचपच हुन्छन्, उतार चढाव हुन्छन्, झमेला आउछन्, समस्या हुन्छन्, अनेक चिज हुन्छन् । यस्तो परिस्थितीको यो कच्चापनको फेजायल सिचुयसन हो नि नयाँ । यसलाई प्रयोग गर्न अनेक तत्वहरू पनि सक्रिय पनि भए । त्यो सक्रिय हुँदा खेरी जुन यो १ वर्ष भित्रै सफलताका साथ यी काम सम्पन्न ग¥यो नि, यो पूर्णाङ्क भित्र दिएर पुग्दैन । त्यो भन्दा बढी दिनुपर्छ, इन्टरनेशनल प्राक्टिस हो एउटा । अर्को डेलिभरीको पाटोमा, सुशासनको पाटोमा प्रोगेस छ । प्रोगेस, पास भन्दा माथि भन्नु पर्छ यसलाई । किन भने यो प्रोगेस छ । यसमा सुशासनको पाटोमा र अरु आर्थिक उन्नतीको मार्ग चित्र यसले जो प्रस्तुत ग¥यो । यो मार्ग चित्रसँग संक्रमणकाल जसरी टुङ्गयार मार्ग चित्र प्रस्तुत ग¥यो । त्यससँग दुनियाँ आश्चर्य चकित छ । त्यसमा पनि राम्रो पर्फमेन्स गरेको छ ।

अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुरामा यति छिटो सम्भव हुँदैन थियो पनि । केही केही यो कम्लिकेशन, जटिलताहरू त्यसको बीचमा भन्दा पनि यो प्रदेशको अधिकार भित्र हो कि ? केन्द्रको अधिकार हो कि ? स्थानीय तहको हो कि ? जस्ता अन्योलले केही केही जनतामा इरिटेशन पैदा हुने, केही केही असन्तुष्टि पैदा हुने र डेलिभरी नहुने । अर्को केही केही सच्याउनु पर्ने कुराहरू जस्तो सेवा केन्द्र त हामीले तोक्यौँ । तर जिल्लामा भएका कार्यालयहरू अव ४।५ वटा जिल्लाको एक ठाउँ । एउटा जिल्लामा जादा त्यसले समस्या पैदा गरेको छ केही । यसलाई पुनर्विचार गर्नु पर्ने हो कि ? यो एउटा चिन्तनीय पक्ष छदैछ । यी पक्षमा जसले जनतामा ईरिटेशन बढाएको छ, अलिक असन्तुष्टि बढाएको छ । यी पक्षहरूलाई हेर्दा खेरी १० भन्दा अलिकति कम दिनुपर्छ ।

त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न प¥यो । यो सबै चिज मिल्दा खेरी मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाहिँ कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरू हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ

२ जना क्याप्टेन हुनुहुन्छ यसमा छुट्टै कुरा गरौँला अर्को क्याप्टेनसँगै । तपाईलाई नै सबै थोपर्ने, किन थोपर्ने ? तपाई यो सरकारको क्याप्टेनका हिसावले, टिम लिडरका हिसावले, टिम वर्कको पर्फमेन्स, त्यो टिमप्रतिको तपाईको आशालाई तपाईले नम्वरमा वा त्यसको आसयमा, कसरी बताउने, कति, कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?

तपाई भने जस्तो यदि पूर्णाङ्क १० नै राख्ने हो भने, एउटा त यो नयाँ प्रणाली, अर्को नयाँ मान्छे । अहिलेको प्रणाली र परिस्थितिले माग गरेको विलकुल रचनात्मक नयाँ सोच र नयाँ तरिका । मन्त्री भैसकेका भए पनि पहिलेको मन्त्री जस्तो होईन । अहिले फरक मन्त्री नभैसकेका लागि नयाँ मन्त्री हुनुको अनुभव नयाँ अभ्यास । अर्को अझ नयाँ तरिकाले काम गर्नु पर्ने परिस्थिति । यस परिस्थितिलाई अलिकति म्याच गर्न नसकेको हो कि । यसमा म नियतको खोट देख्दिन । तर यो म्याच गर्ने कुरामा अभ्यासको कमि राम्रै नियत भएको मान्छेलाई १० किलोमिटर दौडायो भने कोही कोही नसकेर छोड्दिने, कोही कोही चाहिने अलिक पर पुगेपछि धेरै स्लो मात्रै दौड्न सक्ने त्यस्तो हुन सक्छ । कसैले जान्न सक्दैन । त्यो ईमानले मात्रै हुँदैन नि । त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न प¥यो । यो सबै चिज मिल्दा खेरी मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाहि कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरू हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ ।

जे बजारमा सुनिदै छ वा क्याबिनेट तपाईंका टिमका बारेमा, त्यसलाई म कारवाही पनि भन्दिन वा हटाउने पनि भन्दिन । यसको हेरफेर अघि भन्नु भयो नि मुटु, फोक्सो, कलेजा, त्यसको मृगौला, त्यसका हात, त्यसको खुट्टा तिनीहरू ठिक ठिक ठाँउमा परे वा परेनन् भनेर रिभियू गर्ने बेला भयो ? अथवा गर्न थाल्नु भयो ? गर्न थाल्नु हुन्छ यसपटक ?

होइन, यो त मैले जतिबेला मन्त्री नियुक्त गर्नुपर्ने हो, नियुक्तिको सिफारिस गर्छु र नियुक्ति भएर काममा आईसके पछि काम मैले हेरिरहेको हुन्छु । कामको इभाइलुसन गरिरहेको हुन्छु । इभाइलुसन त मैले हरदम गर्ने हो, गरिरहेको छु । त्यस कारण मैले भनेको अलिकति जनताको अपेक्षाअनुसार, समयको मागअनुसार कतिपय साथीहरूले अलि गर्न नसकेको हो कि जस्तो खालको सुनिन्छ । त्यसमा केही सत्यता पनि छ । त्यसको अर्थ कतै इमानमा खोट इत्यादी म देख्दिन् । मैले अघि नै भने । मुल्यांकन भई रहने कुरा हो र भैइरहको छ । जति बेला सरकारलाई प्रभावकारी बनाउन कुनै कदम चाल्नुपर्छ नीतिगत वा व्यवहारिक । ति त चाल्नै पर्छ । तर अहिले मैले त्यस्तो खालको केही नीतिगत त हामी विभिन्न चालिरहेका छौ । व्यवहारिक रुपमा अरु थप कदम त्यस्तो को आवश्यकता त्यति महशुस गरेको छैन ।

त्यति धेरै गर्नुभएको छैन ?

त्यस्तो अहिले मैले आवश्यकता महसुस गरेको छैन । यस कारण कि हामी भर्खर भर्खर यो संघीयतामा प्रवेश गरेका छौ । हिजोको मन्त्रालय जस्तो होईन । मन्त्रालयहरू अधिकारहरू सीमित छन् । अब प्रदेशसँग कति मिलेर काम गर्ने, कति कति प्रेदशका कुरा सुन्ने, कति आँफुले लिने, कति तल पठाउने, कति स्थानीयमा पठाउने आदि कुराहरूको सन्र्दभमा अझै स्पष्टता नभएको अवस्थामा बजेट कँहानेर उता पठाइयो भनेको छ, उता भएन भनेको छ । उसले नबुझेर आफ्नै योजना बनाएको छ । चालु योजनाहरू अलपत्र परेका छन् । जस्ता खालका कुराहरू त्यो अस्पष्टताले भएका कुराहरू हुन् । त्यसमा व्यक्तिलाई दोषी बनाउनु पनि हुदैन् । यस्ता खालका पक्षहरू पनि छन् ।

दुईओटा पार्टी एक भएको यसको इन्टर पार्टीका तल देखि माथी सम्मका सेट तयार नभएको । त्यसमा पनि धेरै समय अल्झिनु परेको इन्टरनर रिफ्ले पनि तपाईंले पछिल्लो पटक भन्नु भयो त्यसमा असर पारेको छ ?

त्यसमा असर त पार्छ नै । किनभने कतिपय मान्छेहरू सरकारको पक्षमा, पार्टीको पक्षमा बोलेको नसुनिनु, सरकारको पक्षमा बोलेको नसुनिनु, बरु बिपक्षमा बोलेको सुनिनु जस्ता खालका कुराहरूले अलिकति जनतामा अन्यौल पार्ने र कार्यकर्ताको विश्वासमा कम ल्याउने हुन्छ । त्यसमा पनि पार्टी एकीकरण भयो तर एकीकृत पार्टीका सँगठनात्मक एकतामा बिलम्ब हुनु जस्ता कुराले सँगठित गतिविधी हुन नसक्नु, त्यसले सँगठित गतिविधि त हुने भएन । यस्ता खालका कुराहरूका असरहरू स्वभाविक रुपमा केही पर्छन्

अन्जानवस् आँफैबाट ठ्याक्कै यही नभने पनि यही पक्षमा मेरो पक्षवाट पनि चुक भयो कि भन्ने यहाँलाई केही लागेको छ ?

एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गरेको छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि जस्तो लाग्छ । जसले गर्दा सम्पर्क गरिनु पर्ने व्यक्तिहरूसँग सम्र्पक गरिनुपर्ने तहमा कमी रह्यो की । त्यसले पनि असन्तुष्टि बढेको हो की । त्योचाहिँ मलाई अलिकति लागेको छ । सायद त्यसमा चाहि अलिकति ध्यान दिनु र सच्याउनु जरुरी छ कि । त्यो मैले महसुश गरेको कुरा हो ।

(एबीसी टेलिभिजनका लागि दिएको अन्तरवार्ताको सम्पादीत अंश )

प्रतिक्रिया
सम्बन्धित