२० कार्तिक २०८३, शुक्रबार

सशस्त्रले समात्यो ९ केजी चरेश र २८ थान मोबाइल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ फागुन । सशस्त्र प्रहरीले पर्सा र झापा जिल्लबाट अवैध लागूऔषध चरेश र चोरीका २८ थान मोबाइल सेट बरामद गरेको छ ।

करीव ९ केजी चरेशसहित पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट भारतको घडियाना घर बताउने ३२ वर्षिया निशा साह र सोही ठाउँ बस्ने ३० वर्षिया सोनाली साह तेलीलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको टोलीले पक्राउ गरेको जनाएको छ । गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले शरीरको विभिन्न भागमा बेरेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा चरेश बरामद गरेको हो ।

पक्राउ परेका उनीहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यस्तै, झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क इलाकाबाट सशस्त्र प्रहरीले करीव ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २८ थान मोवाइल बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको मोवाइल सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको टोलीले बरामद गरेको हो ।

बरामद मोवाइल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रवक्ता अजय छतकुलीले जानकारी दिए ।