३ कार्तिक २०८३, मंगलबार

एनआईसी एशिया बैंकले ल्यायो आन्तरिक विप्रेषणमा यस्तो योजना

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले स्वदेशमा आन्तरिक विप्रेषण कारोबारमा एउटा विप्रेषण कारोबार गर्दा अर्को विप्रेषण कारोबार निःशुल्क प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।

बैंकले यो योजना यहि फाल्गुण र चैत्र दुई महिनाका लागि मात्र लागू हुने जनाएको छ । यस अवधिमा बैंकको ग्राहकहरुले नेपाल भरी कुनै पनि ठाउँमा आन्तरिक विप्रेषण कारोबार गर्दा/रकम पठाउँदा यस्तो सुविधा पाउने छन् ।

रेमिटेन्स सम्बन्धी कारोबार बैंकका देशभर रहेका सबै कार्यालयहरुबाट गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका हाल देशभर २७६ शाखाकार्यालयहरु रहेका छन् । यस्तै बैंकले देशभरका २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।