
जाजरकोट, २ फागुन । भेरी नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । जाजरकोटको रिम्नास्थित भेरी नदीमा बस खसेको हो ।
नेपालगञ्जबाट रुकुमका लागि छुटेको भे १ ख १३२९ नम्बरको बस भेरी नगरपालिका–१ रिम्नास्थित सडकबाट भेरी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
अहिलेसम्म ३ जनाको शव निकालिएको छ भने ५ जनाको उद्दार गरिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेका अन्यको उद्दारका लागि खोजीकार्य भइरहेको छ । दुर्घनास्थलमा पानी परिरहेको छ ।












प्रतिक्रिया