
सल्यान, २ फागुन । दलित जानकी भन्दै घर निकाला गरिएकी सल्यानको कुमाख गाउँपालिका–६, च्याउखोलाकी एक महिलालाई इन्सेकको पहलमा बासस्थानको व्यवस्था मिलाइएको छ ।
२० वर्षीया एलिसा विकलाई घरमा ससुरा र लोग्नेले समेत कुटपिट गरेर बास घर लिकाला गरेपछि विचल्लीमा परेकी विकलाई बस्ने व्यवस्था मिलाइएको हो ।
०७३ सालमा २२ वर्षीय टिकाराम रावतसँग अन्तरजातीय प्रेम विहे गरेको बताउँदै उनले विवाह भएको केही समय पछिबाट घर परिवार र श्रीमानले समेत हेला गर्दै आएको उनले पीडा पोखिन् ।
पति र ससुरा भागीराम रावतले तल्लो जातकी हाम्रो घरमा बस्न पाईंदैन भनेर माघ २९ गते कुटपिट गरी घरनिकाला गरेको उनले बताइन् । काखमा डेढ वर्षको छोरीलाई लिएर उनी न्याय माग्दै बिहिवार सल्यान सदरमुकाम खलंगा पुगिन् ।
घरमा बस्ने वातावरण नभएपछि उनले बिहीबार जिल्ला प्रहरी कार्यालय सल्यानमा घरेलु हिंसाको निवेदन दिएकी छन् । जाजरकोट माइती भएकी उनले अहिले त्यहाँ जान सम्भव नभएको र घर परिवारमा बस्न नदिएपछि बास बस्न अप्mठेरो परेको बताइन् ।
इन्सेक सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार पीडित महिलाले बास बस्ने स्थान पनि नभएको र गोजीमा पैसा पनि नभएको बताएपछि रेस सल्यानले संचालन गरेको सेफ हाउसमा बस्ने व्यवस्था मिलाइएको छ ।
मुद्दा नटुंगिदासम्म पीडितलाई बास बस्ने खाँचो रहेको थाहा पाएपछि सेफ हाउसका संचालक रामचन्द्र रेग्मीले पीडितलाई बास स्थानको व्यवस्था मिलाइएको उनले बताइन् ।












प्रतिक्रिया