३ कार्तिक २०८३, मंगलबार

आठ विन्दुले घट्यो शेयर बजार

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । धितोपत्र बजारमा बिहीबार पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आठ दशमलव २१ विन्दुले घटेर एक हजार ११२ दशमलव ८७ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५२ विन्दुले घटेर २३६ दशमलव ९२ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६४ कम्पनीको ८० लाख ९५ हजार ७२ कित्ता शेयर रु दुई अर्ब १६ करोड ६५ लाख ६ हजार ४८२ मूल्यमा खरीद बिक्री भए ।

अधिकांश कम्पनीको शेयर ओरालो लाग्दा त्यसको प्रभाव उपसमूहमा समेत परेको छ । बैंकिङ पाँच दशमलव ६८, होटल २७ दशमलव शून्य चार, विकास बैंक चार दशमलव ५४, जलविद्युत् आठ दशमलव ७८, वित्त दुई दशमलव १३, निर्जीवन बीमा ७० दशमलव १७, उत्पादन १८ दशमलव ७१, अन्य सात दशमलव ५१, लघुवित्त १५ दशमलव ३४ र जीवन बीमा २९ दशमलव ३५ प्रतिशत विन्दुले घटेको छ ।

घटेको बजारमा एभरेष्ट बैंक नेपालको रु एक अर्ब ९१ करोड बराबरको संस्थापक शेयर बिक्री भएपछि बजारमा कारोवार रकम बढी देखिएको स्टकले जनाएको छ । –रासस