३ कार्तिक २०८३, मंगलबार

माछापुच्छ्रे बैंकद्वारा एकैसाथ पाँच स्थानमा शाखा रहित सेवा सञ्चालन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २ फागुन । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ ।

बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग)स्थित फिस्लिङमा, तनहुँको म्याग्दी गाउँपालिकास्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिकास्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिकास्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैंकिङ सेवा सञ्चालन माल्याएको हो ।

बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैंकिङ सेवा पुर्याइरहेको छ । यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ६१ शाखा रहित बैंकिङ सेवा सुचारु भइसकेको बैंकले जनाएको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु लगायत ६१ शाखा रहित बैकिङ सेवा गरी जम्मा १५४ स्थानबाट सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा छन् ।