शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

बेरोजगारी भत्ता बाँड्ने अवस्था देशको छैनः विजय पौडेल

दैनिक नेपाल २०७५ माघ २९ गते ९:५१

काठमाडौं, २९ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता विजय पौडेलले बेरोजगारी भत्ता बाँड्ने अवस्थामा देश नरहेको बताएका छन् ।

पौडेलले मंगलबार बिहान फेसबुकमा स्टाटस लेखेर बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र नरहेको बताएका हुन् ।

‘बेरोजगारी भत्ता बाँड्न सक्ने हैसियतमा देशको अर्थतन्त्र पुगिसकेको छैन’, उनले भनेका छन्, ‘अहिले नै यस्तो घोषणा गर्नु असफल लोकप्रियतावादमा फँस्नु हुनेछ ।’

उनले भनेका छन्, ‘यसअघि घोषणा गरिएको सामाजिक सुरक्षा योजनाले पूर्ण आकार नलिँदै थप घोषणा गर्न नहतारिएको राम्रो ।’

सरकारले फागुन १ गतेदेखि लागू हुने गरेर रोजगारी दिन व्यवस्था लागू गर्दै छ । रोजगारी दिन नसके बेरोजगार भत्ता दिने सरकारको तयारी छ ।

सरकारको तयारी भैरहेका बेला नेकपाका नता पौडेलले बेरोजगार भत्ता बाँड्ने सरकारको तयारीको विरोध जनाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित