मंगलबार, २९ माघ २०७५
DainikNepal.com
मंगलबार, २९ माघ २०७५

बाबुरामले फेरि गरे शंकास्पद गतिविधि, क–कसलाई उक्साउँदै छन् ?

दैनिक नेपाल २०७५ माघ २९ गते ९:२६

काठमाडौं, २९ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जातीय द्वन्द्व हुने गरेर अभिव्यक्ति दिएका छन् ।

डा.भट्टराईले सात प्रदेशको नामलाई जातीय पहिचान झल्किने गरेर राखिनुपर्ने बताएका हुन् । मेची–महाकाली अभियान चलाएका डा.भट्टराईले क्षेत्री बाहुनहरूले फेरि पनि जनजाति आदिवासीहरूलाई धोका दिएका बताएका छन् ।

अभियानका क्रममा डा.भट्टराई पुगेका जिल्लाहरूमा जाति, वर्ग र समुदायलाई खुसी बनाउने गरेर अभिव्यक्ति दिने गरेका छन् । उनले विरोध गरेर आदिवासी र जनजातिहरूलाई आन्दोलनका लागि उक्साइरहेको आरोप लागेको छ ।

गृहजिल्ला गोरखामा रहेका डा.भट्टराईले मंगलबार बिहान नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.भट्टराईले गण्डकी प्रदेशलाई जातीय पहिचान हुने गरेर नामाकरण गरिनुपर्ने बताए । ‘अमेरिकामा पनि जातीय झल्को दिने गरेर राज्यको नाम राखिएको छ’, उनले भने, ‘नेपालमा जातीय पहिचान हुने गरेर किन प्रदेशको नाम नराख्ने ?’

डा.भट्टराईले आफू सधैँ जातीय पहिचानका लागि संघर्ष गर्ने नेताका रुपमा रहेको बताए । उनले भने, ‘संविधानसभाका बेला पनि म सधैँ जातीय पहिचानको पक्षमा उभिएको थिएँ । अहिले पनि जातीय पहिचान हुनुपर्छ भन्ने मान्यता राख्छु ।’

जतीय पहिचान झल्किने गरेर प्रदेशको नामाकरण गर्ने विषयमा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले विरोध गरेका बेला डा.भट्टराईले खोलानाला र भौगोलिक अवस्था झल्किने नामभन्दा जातीय पहिचान हुने गरेर प्रदेशको नामाकरण गर्न आग्रह गरे ।

वर्तमान सरकार पूर्ण रुपमा असफल भएको उनको भनाइ थियो । ‘यो सरकार समान्य प्रकृतिको होइन । असामान्य सरकार हो । दुई तिहाइको सरकार हो’, उनले भने, ‘काम गराइको हिसावले हेर्दा कुनै पनि कार्य भएको छैन । विगतका सरकारकै निरन्तरता मात्रै भएको छ ।’

प्रतिक्रिया
सम्बन्धित