शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

बालिका अपहरणमा संलग्न एक पक्राउ, बालिकाको उद्धार

दैनिक नेपाल २०७५ माघ २८ गते १७:३३

दाङ, २८ माघ । प्रहरीले बालिका अपहरणमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।

साविक राँचुली गाविस–४ कालिकोट घर भई हाल घोराही उपमहानगरपालिका १४ कपासी स्थित डेरा गरी बस्ने अस्मिता शाहीको ३ वर्षकी छोरीलाई अपहरण गरेको अभियोगमा घोराही उपमहानगरपालिका–९, ढिकभर बस्ने २८ वर्षका प्रयास चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले आज बालिकाकै कोठाबाटअपहरण गरी भागी फरार रहेकोमा रतनपुर चोकबाट बालिकालाई सकुशल उद्धार गरि उनलाई  नियन्त्रणमा लिएको छ ।

चौधरीविरुद्ध मूलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ वमोजिम (अपहरण वा शरीर बन्धक) सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित