शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

कुलको इज्जत जाने काम गर्दिन : निलाम्बर आचार्य

दैनिक नेपाल २०७५ माघ २८ गते १४:४३

काठमाडौं, २८ माघ । भारतका लागि नवनियुक्त नेपाली राजदूत निलाम्बर आचार्यले कुलको इज्जत जाने गरी काम नगर्ने बताएका छन् । बरु, इज्जत धान्नेगरी भारतमा आफ्नो कार्यकाल बिताउने आचार्यले बताए ।

अनामनगरमा आचार्य बन्धु समाज नेपाल केन्द्रीय समितिले गरेको सम्मान तथा विदाई कार्यक्रममा उनले त्यसो भनेका हुन् ।

समाजका अध्यक्ष तथा पूर्वसचिव भानु आचार्य, संसद सचिवालयका पूर्वसचिव मुकुन्दशर्मा आचार्य, महासचिव बाबुराम आचार्य, चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्य, उद्योगपति कृष्ण आचार्यलगायत समाजका सदस्यहरूसँग उनले भारतमा रहुन्जेल नेपालको प्रतिष्ठा, कुलको प्रतिष्ठा जोगाएर काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित