शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

माछापुच्छ्रे बैंकको ‘एजुकेसन हब’ सेवा

दैनिक नेपाल २०७५ माघ २८ गते १४:३३

काठमाडौँ, २८ माघ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ ।

बैंकले एकद्वार प्रणाली मार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले सेवा सञ्चालनमा ल्याएको हो । ‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्नेछन् ।

बैंकको काठमाण्डौस्थित पुतलीसडक शाखाबाट सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धि सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।

साथै, कर्जाको लागि आवेदन समेत दिन सक्नेछन् । विद्यार्थीहरुले सोही ‘हब’बाटै सम्पूर्ण अनलाइन भुक्तानी सेवा पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएली, एसिटी, एसिसिए, अस्ट्रेलियन भिसा शुल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्किृप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यस बाहेक विद्यार्थीहरुले शाखामार्फत आफूलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । यस सेवाबाट विशेष गरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको साथै उक्त सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखामार्फत समेत विस्तार गर्दै जाने लक्ष्य रहेको बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापा देखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखा रहित बैंकिङ सेवा गरी जम्मा १५० स्थानबाट सेवा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा छन् ।

प्रतिक्रिया
सम्बन्धित