सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

मौसममा फेरि गडबड, मंगलबारदेखि वर्षा ?

दैनिक नेपाल २०७५ माघ २८ गते १२:१७

काठमाडौँ, २८ माघ । मौसममा आज फेरि बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशका विभिन्न भेगमा मौसम बदली भएको छ । लगातार तीन दिनदेखिको वर्षा र हिमपात रोकिएर आइतबार केही खुलेको आजदेखि बदली भएको हो ।

महाशाखाकी मौसमविद् वरुण पौडेलले आज विशेषगरी पश्चिमको पहाडी क्षेत्रमा वर्षा तथा उच्च पहाडी भेगमा हिमपात हुने सम्भावना रहेको बताइन् । काठमाडौंमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

यसैबीच भोलि (मंगलबार) बाट अझ वर्षा गराउने खालको नयाँ प्रणाली भित्रिँदैछ । ‘भोलिदेखि नयाँ खालको प्रणाली भित्रिने सम्भावना देखिएको र यो अहिलेको भन्दा शक्तिशाली रहेको मौसमविदहरुको भनाई छ । यसले अलि ठूलो वर्षा गराउनेछ ।

बिहीबारदेखि लगातारको वर्षा र हिमपात रोकिएर आइतबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसअघिको पश्चिमी वायुको शक्तिशाली न्यून चापीय प्रणाली शनिबार राति बिदा भई कमजोर प्रणाली भित्रिएपछि मौसममा सुधार आएको हो।

प्रतिक्रिया
सम्बन्धित