शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

युभेन्ससामु सासुलो निरिह, गोल गर्नै सकेन

दैनिक नेपाल २०७५ माघ २८ गते ७:२४

लण्डन, २८ माघ । इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन शून्यले हराउँदै दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा पुर्‍याएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई एक शून्यको अग्रता दिलाए । पहिलो हाफमा एक गोलले अगाडि रहेको युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गर्‍यो ।

यसका लागि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्न सफल भए । यसै सिजन युभेन्टसमा पुगेका रोनाल्डोको यो १८ औं गोल हो । त्यसपछि खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरेपछि युभेन्टसले सहज जित निकाल्यो ।

जितसँगै उसले २३ खेलबाट ६३ अंक बनाएको छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित