आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

भारतीय रेल्वे स्टेशनमा दुई नेपाली किशोरीको शव फेला

दैनिक नेपाल २०७५ माघ २७ गते १८:५४

पर्सा, २७ माघ । सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो ।

रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए । प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको बताउनुभयो । –रासस

प्रतिक्रिया
सम्बन्धित