बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

पाँचौ नवलपुर महोत्सव ८० हजारले अवलोकन गरे

दैनिक नेपाल २०७५ माघ २७ गते १७:५६

-बिजय चालिसे

कावासोती, २७ माघ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा भएको पाँचौं नवलपुर महोत्सवको आइतबार औपचारिक समापन गरिएको छ ।

समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष शेखर गोल्छाले नवलपुर जिल्ला देशकै अर्थतन्त्रको ठूलो मेरुदण्ड भएको बताए । उनले नवलपुरमा ठूला ठूला उद्योग कलकारखाना रहेकाले यो क्षेत्र सम्भावना नै सम्भावनाको खानी रहेको दाबी गरे ।

अहिले नीजि क्षेत्रको ठूलो चुनौती नै चर्को ब्याजदर रहेको स्पष्ट पारे । ब्याजदर नघटे र यसको समाधान नगरे मुलुकको अर्थतन्त्र धरासयी बन्ने मात्र होइन देशका सबै औद्योगिक कलकारखाना बन्द हुने स्थितिमा पुग्ने वरिष्ठ उपाध्यक्ष गोल्छाको चिन्ता छ ।

माघ १७ गतेदेखि सुरु भएको महोत्सवमा १/२ दिन मौसमले अवरोध गरेपनि झण्डै ८० हजार दर्शकहरुले अवलोकन गरेको आयोजकले दाबी गरेको छ । आज अन्तिम दिन पनि दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । आज मात्रै करिब १० हजार दर्शकहरुले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ ।

आज गायक रमेश राज भट्टराई, गायिका सुनिता अधिकारी, चर्चित हाँस्य टेलिश्रृंखला मेरी बास्सैका ठ्यासकुमारी र प्याकुलीको बेजोड प्रस्तुतीले दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

संघका अध्यक्ष डासुराज पोखरेलले ११ दिनसम्म चलेको महोत्सवमा केहि दिन बर्षाले प्रभावित पारेपनि महोत्सव सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गरे ।

यसैगरी, महोत्सवमा सम्पन्न नवलपुर डान्स आइडलमा दीपिका राना मगरलले बाजी मारेकी छन् । उनी १२ जना प्रतिष्पर्धीलाई पछि पार्दै पाँचौँ नवलपुर डान्स आइडल बन्न सफल भएकी हुन् ।

 त्यसैगरी, फस्ट रनरअप दिदीबहिनी कला केन्द्र कावासोतिकी सिम्रन श्रेष्ठ भइन् भने सेकेन्ड रनरअप मनिस तामाङ भएको निर्णायक पवन सिग्देलले जानकारी दिए । त्यस्तै, थर्ड रनरअप जोनिशा कँडेल बन्न सफल भइन ।

महोत्सवमा विभिन्न जातजातीका परम्परागत घर, विभिन्न खानाका परिकार, कृषि उपजको प्रदर्शनी, अटो मोवाइलको प्रर्दशनी लगायतका स्टलहरू रहेका थिए । नवलपुर महोत्सवमा जिल्लास्तरीय भलिबल प्रतियोगिता, हिमाल, पहाड तराई झल्कने आकृती दर्शकहरुको थप आकर्षण बनेका थिए ।

महोत्सवले स्थानीय कला, संस्कृतिको प्रस्फुटनसहित उद्योग व्यापार, कृषि, पर्यटनलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित