बिहीबार, ५ भदौ २०७६
DainikNepal.com
बिहीबार, ५ भदौ २०७६

३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’को शिलन्यास

दैनिक नेपाल २०७५ माघ २७ गते १७:४५

काठमाडौँ, २७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन् । आइतबार एक कार्यक्रमकाबीच मन्त्री पुनले आयोजनाकको शिलन्यास गरेका हुन् ।

३७ मेगावाट क्षमता भएको आयोजनाको किस्पाङ गाउँपालिका–५ पैरेबेंसीमा मन्त्री पुनले शिलन्यास गरेका हुन् ।

आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को मुख्य लगानीमा निर्माण हुन लागेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्ने कार्यक्रम भएको भएपनि स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री जान नसकेपछि उर्जामन्त्री पुनले शिलन्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री पुनले अधिकांश आयोजना समयमा काम नहुने र त्यसको लाभमाथि अविश्वास बढ्ने गरी काम यो योजनाको काम हुने विस्वास व्यक्ति गरे ।

आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने अवधि तीन वर्ष रहेको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २९ माघ २०७४ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित