आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

ईश्वर पोखरेलको खुलासा : यही सरकारले वृद्धभत्ता बढाउँछ

दैनिक नेपाल २०७५ माघ २७ गते १७:२४

काठमाडौँ, २७ माघ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेकै सरकारले वृद्धभत्ता बढाउने बताएका छन् ।

चुनावी घोषणा–पत्र र सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको मासिक पाँच हजार वृद्धभत्ता दिने प्रतिवद्धता सरकारले आफ्नो कार्यकालमा पूरा गर्ने पोखरेलको दावी छ ।

आइतबार चण्डोलस्थित काठमाडौं महानगरपालिकाको वडा कार्यालय भवन उद्घाटन गर्दै उनले भने, ‘हामीले जे कबुल गरेका थियौं, त्यो कबुल गरेअनुसार हामी प्रत्येक महिना जेष्ठ नागरिकलाई यो कार्यकालमा ५ हजार पु‍र्याउछौं, यसबाट अलिकति पनि तलमाथि हुन सक्दैनौं ।’

उपप्रधानमन्त्री पोखरेलले सरकारले वृद्धहरुका लागि १ लाख रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको र अब मासिक पाँच हजार भत्ता दिने कामलाई सुरु गर्ने पनि बताए ।

सरकारले रोजगारीको अवसर सृजना गर्न फागुन १ गते विशेष कार्यक्रमका बीच ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गर्न लागेको पनि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित