आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

काम छोडेर आन्दोलन गर्न गएका डाक्टरमाथि प्रहरीको लाठीचार्ज

दैनिक नेपाल २०७५ माघ २७ गते १५:१२


काठमाडौँ, २७ माघ । कर्मचारी समायोजनको व्यवस्थाप्रति असहमति जनाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा बसेका सरकारी चिकित्सकमाथि प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीले धर्नामा बसेका २० भन्दा बढी डाक्टरलाई नियन्त्रणमा लिएको छ ।

सरकारी चिकित्सक संघ (गोदान)का अध्यक्ष डा. दीपेन्द्र पाण्डेसहित करिब दुई दर्जन सरकारी चिकित्सकलाई पक्राउ गरी प्रदर्शनीमार्ग स्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

गोदानले यसअघि नै कर्मचारी समायोजनको विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार आइतबार मन्त्रालयमा घेराउ गर्न गएका उनीहरु मन्त्री र सचिवको कार्यकक्ष भएकै तल्लामा पुगेपछि प्रहरीले धरपकड गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित