३ कार्तिक २०८३, मंगलबार

डडेल्धुराको नवदुर्गामा प्रभु बैंकको शाखा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २७ माघ । डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा प्रभख बैंकको शाखा सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टले बैंकको शाखा उद्घाटन गरे ।

कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवी लगायत स्थानीयको उपस्थिति थियो ।

कार्यक्रममा गाउँपालिका प्रमुख विष्टले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै नवदुर्गा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध भएको बताए ।

शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ–संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।