शनिबार, ७ वैशाख २०७६
DainikNepal.com
शनिबार, ७ वैशाख २०७६

माधव नेपाल भन्छन्- गोजीबाट निकालेको व्यक्तिलाई नेतृत्व दिन मिल्दैन

दैनिक नेपाल २०७५ माघ २७ गते १२:३०

हेटौँडा, २७ माघ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गोजीबाट निकालेको व्यक्ति एकीकृत संगठनको अध्यक्ष नहुने बताएका छन् । न्युज क्लब नेपालको आयोजनामा हेटौँडाम भएको कार्यक्रममा नेता नेपालले अबको केहि समयभित्र नेकपाको सबै तहमा एकीकरण भइसक्ने पनि बताए ।

‘संगठनको निर्माण ढिला हुँदा काममा समस्या भएको छ, सबै तहको संगठनलाई चुस्त दुरुस्त बनाउनु आजको आवश्यकता हो तर, संगठन निर्माणको नाउँमा गोजीबाट निकालेको व्यक्तिलाई नेतृत्व भने दिन सकिदैन’, नेता नेपालले भने ।

सरकारका केहि कमजोरी रहेको भन्दै त्यसलाई सुधार गरेर अघि बढनुपर्ने उनको सुझाव छ । नेता नेपालले सरकारको कमजोरीको विषयमा सचिवालयस्तरमा गम्भीर छलफल हुने पनि बताए । तीनै तहको सरकारले सुशासनमा जोड दिनुपर्ने भन्दै उनले भ्रष्ट्राचार नियन्त्रण तथा विकासको कामलाई प्राथमिकता दिनुपर्ने बताए ।

काँग्रेसमा फ्रस्टेसन

नेता नेपालले नेपाली काँग्रेस फ्रस्टेसनको शिकार भएको बताए । नेपाली काँग्रेसले भ्रष्ट्राचार न्यूनिकरण, सामजिक कुरितिको विषयमा विरोध गर्नु राम्रो भएको भएपनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको उनको भनाई छ । आफ्नो तेताले भ्रष्ट्राचार गर्दा चुप बस्ने अनि अरुको सानो गल्ति खोज्दै हिडने प्रवृत्ति ठिक नभएको नेता नेपालले बताए ।

राजधानीको विषयमा बोल्दिन

नेता नेपालले राजधानीको विषयमा आफू नबोल्ने बताएका छन् । पत्रकारहरुले प्रदेशको स्थायी राजधानीको विषयमा प्रश्न गरेपछि उनले यो प्रदेश सरकारको अधिकारको विषय भएकोले आफूले नबोल्ने बताए ।

साथै, कार्यक्रममा नेपालले एक मधेश एक प्रदेश या मधेशलाई छुट्टै बनाउने कुरा कुनैपनि नेपालीलाई स्वीकार्य नहुने बताए । सच्चा नेपालीले मधेशलाई अलग बनाउने सोच राख्न नसक्ने भन्दै उनले मधेशमा हाल कुनै पनि प्रकारको विभेद नरहेको समेत दाबी गरे ।

प्रतिक्रिया
सम्बन्धित