सोमबार, ९ वैशाख २०७६
DainikNepal.com
सोमबार, ९ वैशाख २०७६

प्रहरी संगठनलाई ‘गम्भीर’ आरोप लगाउँदै एसपी उप्रेतीले राजीनामा दिए

दैनिक नेपाल २०७५ माघ २७ गते ११:२९


काठमाडौँ, २७ माघ । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।

शनिबार राती प्रहरी प्रधान कार्यालयले गरेको बढुवाप्रति असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् । संगठनलाई भ्रष्ट र अनैतिक बनाइएको उनको आरोप छ ।

प्रहरी प्रधान कार्यालयले शनिबार १४ एसपी र २६ डिएसपीको बढुवाका लागि सिफारिस गरेको थियो । सिफारिसमा रोलक्रममा रहेकाहरुलाई छुटाएर कनिष्ठ र विवादित व्यक्तिलाई पारिएको भन्दै एसपी उप्रेतीले राजीनामा दिएको बताइएको छ ।

एसपी उप्रेती अपराध महाशाखाका प्रवक्ता थिए । उनले पदबाट राजीनामा दिदैँ आफूलाई संगठनले नै अयोग्य जस्तो गरेपछि पदमा बसिरहन नैतिकताले नदिएको बताएका छन् । संगठन काम गर्ने भन्दा चाप्लुसी र चाकडी गर्नेहरुको कब्जामा परेको उनको आरोप छ ।

२०५१ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका उनी १०८ व्याचका हुन् । तर, उनी भन्दा दुई व्याच कनिष्ठलाई बढुवाका लागि सिफारिस गरिएको छ । व्याच नम्बर ११० का टेकबहादुर तामाङ, दीपक थापा, भिमप्रसाद ढकाल लगायतलाई बढुवा गर्नका लागि केहि समय अघि नियमावली नै संसोधन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित