सोमबार, २८ माघ २०७५
DainikNepal.com
सोमबार, २८ माघ २०७५

राजनीतिका ‘रङ नम्बर’हरू

विनोद ढकाल २०७५ माघ २७ गते ११:०२

-विनोद ढकाल
केही बर्ष अघिसम्म निरन्तर चर्चा गरिरहेको थिएँ– ‘कपी क्याट टु क्राइम’ को । यसको अर्थ केही यस्ता परिघटनाले चर्चा पाउँछन् जहाँ नागरिक आक्रोशको भुङ्ग्रो प्रत्यक्ष देख्न पाइन्छ । आफ्ना दुखले बनाएको व्यक्ति भोगविलासमा रुमल्लिएका बेला उछिटिने प्रतिनिधि घटनालाई सम्पादकहरूले कपी क्याट टु क्राइम भने । अर्थात्, आफैंले जिताएका नेतालाई थप्पड लगाउनु, कुर्सी हान्नु या बलपूर्वक आक्रमण गर्नु । यस्तो आक्रमणमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल र स्व. सुशील कोइराला परेका थिए ।

यस्ता अवस्था किन आउँछ ? संविधान छ, संसद छ, सरकार छ । सबै कुरा हामीले बनाएकै छौं । वैधानिकता दिएरै बनाएको हो । तर यीनमा हाम्रा सन्तुष्टि छैनन् । आम मानिसको खुसी यसले समेट्न सकेको छैन । संविधान आम मानिसको व्यवाहारको प्रतिकूल र मुट्ठीभर नेताको अनुकुल छ ।

संसदका कुर्सीमा हामीले पठाएका व्यक्ति छन्, त्यसको उपयोग उनका आफन्त र भाइभतिजा, ज्वाँई चेलाले मात्र गरिरहेका छन् । सरकार, पार्टी तिनका नेता आफन्त, ठेकेदार, कर्मचारी र चलाउनेहरूका लागि छ । त्यसैले निर्मला पन्तहरू अनेक नाममा न्याय खोजीरहेका छन्, कञ्चनपुरदेखि मोरङसम्म ।

यस्तो अवस्थामा नेताले जम्मा थप्पडमात्र दिएको देख्यौं, सजाय दिन सकेनौं । केही कमजोरी हामीमा छ, हाम्रा संस्कार र हुर्किएको मानसिकतामा छ । हामीले अन्धविश्वास गरेर तिनको आकांक्षा र स्वार्थमा जहिले पनि कालो मसी दलिरह्यौं । हाम्रा औंलामा कालो मसी दलिए, उनका अनुहारमा दलिएका काला धव्वाहरू चिन्न सकेनौं ।

जनतामा पुग्नुपर्ने परिवर्तन परिवारमा पुग्यो, नातामा पुग्यो, पहुँचमा पुग्यो, तस्करमा पुग्यो । तर जनतामा पुगेन । कतै परिवर्तनविरोधी प्रतिक्रान्तिकारी आफैं त बनिएन ? त्यो शासकको ठाँट, शैली र हुकुममा आफैंमा पुनर्जागृत त भएन ? यो संश्लेषण गर्न सकेका छैनन् । हर नेताको मुहारमा देखिने अतिरञ्जित बिम्ब त्यहि नै हो 

पिके भन्ने भारतीय सिनेमाले धर्म र नागरिकबीचको दूरी अनि भ्रम कस्तो हुन्छ भन्ने खोलेको छ । त्यहाँ आम नागरिकलाई बुझाउने एउटा सन्दे छ– रङ नम्बर । हो, हामी त्यहि रङ नम्बरमा बारम्बार डायल गरी सही परिणामको आश गरिरहेका छौं । सही मान्छेको खोजी गरिरहेका छौं । राजनीतिका ५० औं बर्ष बितिसक्दा पनि त्यहि अनुहार, त्यहि विकल्प रोजिरहेका छौं । के हामी रङ नम्बरमा जानाजान डायल गरिरहेका छैनौं ? कोही कार्यकर्ता बन्यौं, कोही हावा र लहडका शिकारको बन्धक बनी त्यसैका पछि दौडिन बाध्य बन्यौं । तर प्रवित्तिको मुल्यांकन गर्न सकेनौं । हामीमा राजनीतिक चेत छ, अति चेत छ । तर सही र गलत छुट्याउने बेलामा ‘चिट’ चाहिए जस्तो व्यवाहारिक निर्णय छ । अब, नागरिक जाग्नुपर्छ भन्ने मान्यता, विवेक प्रयोग गर्नुपर्छ भन्ने विवेक नै राखेका छैनौं । झन् नेताले किन राख्थे र ?

एउटा प्रसङ यस्तो पनि छ– क्रान्तिकारी बनेर राजनीतिमा छिरेका कम्युनिस्टहरूको भाषणमा एउटा समानता छ । उनीहरू बाँचुन्जेल प्रतिक्रान्तिको खतरा देख्छन् । प्रतिक्रान्ति गराउने त्यो पुरानो ठाँट, शैली र हुकुममा बाँचेको शासक हुन्छ । यो पनि उनीहरूले गरिरहेको संकेत हो । असलमा आफ्ना क्रान्तिको हत्या प्रतिक्रान्तिबाट हुने खतरा देखेका उनीहरूले यो विर्सन्छन्– परिवर्तनको हत्या आफैंबाट भइरहेको छ । जनतामा पुग्नुपर्ने परिवर्तन परिवारमा पुग्यो, नातामा पुग्यो, पहुँचमा पुग्यो, तस्करमा पुग्यो । तर जनतामा पुगेन । कतै परिवर्तनविरोधी प्रतिक्रान्तिकारी आफैं त बनिएन ? त्यो शासकको ठाँट, शैली र हुकुममा आफैंमा पुनर्जागृत त भएन ? यो संश्लेषण गर्न सकेका छैनन् । हर नेताको मुहारमा देखिने अतिरञ्जित बिम्ब त्यहि नै हो ।

हामीले देखेको सत्य पनि त्यहि नै छ । यी राजनीतिका ‘रङ नम्बर’हरू हुन् । सही नम्बर हामीले फेला पार्न सकेनौं । प्रवित्तिले फेला पार्न सकेन । हाम्रो रैती बन्ने शैलीले पत्तो लगाउन सकेन । हामी जनता बन्न चाहेनौं, रैती नै बन्नुपर्ने व्यवाहारबाट अभिसप्त भयौं । हामीले सही ठाउँ चुन्न सकेनौं, सही मान्छे चिन्न सकेनौं । हामीले पार्टी चिन्यौं, प्रवित्ति ठम्याउन सकेनौं ।

सिंहदरबारको ति चारकुनाका प्रत्येक ढोकाहरू ताकतवरका लागि मात्र खुला छन् । हरेक नागरिकले त्यहाँ, आफ्ना प्रशासकसँग भेट्न परेको खण्डमा नागरिकता बोकेर कोही न कोही चिनेको मान्छेबाट नाम टिपाउनुपर्ने हुन्छ । एउटा आम मतदाता आफ्नो मतको हिसाबकिताबमा मुलुकको हिसाब गर्न पुगेको व्यक्तिलाई भेट्न पाउँदैन । हामी, कस्तो ‘रङ नम्बर’ छानेर पठाइरहेका छौं ? आफैंलाई प्रश्न गर्न मन लाग्छ । हामी आफैंतिर फर्किएर सोधौं, त्यो मतको अर्थ के रहन्छ जब हामी त्यसको उपभोग या उपयोगका सुझाव दिनका लागि पनि परिचयका अनेक आधारकार्ड बोकेर चिनजानका मान्छे खोजेर हिँड्नुपर्छ । भो, अब मत दिन्न । चुनाव स्वीकार्दिन भन्ने आँट र ताकत हामीमा कहिले पलाउने हो ? स्वीकार गर्नैपर्छ भने नागरिकमैत्री प्रशासन बनाऊ भन्न किन सक्दैनौं ?

राजनीतिक दल विभिन्न नाममा खुलेका पसल जस्तो देखियो । विकल्पका स्वर पनि उठेका छन्, तिनलाई प्रयोग गर्ने हाम्रो सोच कहिले पनि आएन । पुस्तैनी सम्पत्ति जोड्ने, भ्रष्टाचारमा लिप्त भएर देशविदेश सयर गर्ने सोच हावी भयो । मुलुक बने सबै बनिन्छ, कोही गरिब हुँदैन भन्ने चेत हाम्रा दिमागमा घुसेन । हामी विकल्पलाई छुन पनि चहान्नौं । भर्चुअल संसारमा काला धव्वा पोतिएका अनुहारसँगका सेल्फी लिन र देखाउन पाउँदा आनन्दित हुन्छौं । मिहेनत गर्नुपर्छ, पसिना बगाउनुपर्छ भन्ने मान्यता हामीभित्र छैन । भ्रष्टाचारीको अनुहार र तिनको संलग्नता हेरौं न । ति तिनै संदिग्धहरू हुन् जो सत्ता वा प्रतिपक्षसँग कहिँ न कहिँ जोडिएका छन् । त्यसभन्दा बाहेक हुनै सक्तैनन् ।

छिमेकका दुई ठूला मुलुक चन्द्र, मंगल ग्रहका ओल्लो र पल्लो किनारामा पुगिरहेका बेला मुर्छा परेको विज्ञान प्रविधि प्रयोगशालालाई खर्च गर्न सक्तैनौं । प्रत्येका सांसदको खल्तीमा ५ करोड राख्छौं । त्यो अनुमोदन स्वीकार गर्छौं । जागिर, काम र रोजगारी केही नभएको नेताले महँगा गाडी र महँगा ठाउँमा करोडौंका सम्पत्ति कसरी जोडे भनेर खोजी हुँदैन, बरु त्यहि घरको गेटमा लाम लागेर ति भ्रष्टको अनुहार हेर्न लालयीत हुन्छौं । जवसम्म जनतामा जागरण आउँदैन, परिवर्तन नेताका काला मुहार र बख्तरबन्द सम्पत्तिमा मात्र हुन्छ

पाकिस्तानमा नयाँ शासकको उदयले एउटा झन्कार पैदा गरेको छ । इमरान खान प्रधानमन्त्री बनेलगत्तै उनले थालेका कामलाई संदिग्धहरूले ‘पपुलिस्ट’ भने । तर, उनले प्रधानमन्त्री कार्यालयमा रहेको त्यो संदिग्ध विलासिता नै खारेज गरे । खारेजमात्र होइन, जनताका लागि लिलामीमा राखे । र, उनको पछिल्लो निर्णयचाहिँ अत्यन्तै सह्रानिय छ– हर नागरिकको उपचार निशुल्क !

तर हाम्रो देशमा महँगो भयो मेडिकल शिक्षा, अस्पताल महँगा भए, तस्करको हातमा पुगे भनेर सत्याग्रहमा बसेको एउटा साधुविरुद्ध बोल्न, अभियान चलाउन । सत्य पराजित भएको बेला दिपावली गर्न उद्दत भयौं । हामीमा रैती बन्नुपर्छ भन्ने मानसिकताबाहेक के चाहिँ बाँकी रहेछ ? परिवर्तन भनेको व्यवस्थाले मात्र हुँदैन, परिवर्तन व्यवाहारले हुनुपर्छ । छिमेकका दुई ठूला मुलुक चन्द्र, मंगल ग्रहका ओल्लो र पल्लो किनारामा पुगिरहेका बेला मुर्छा परेको विज्ञान प्रविधि प्रयोगशालालाई खर्च गर्न सक्तैनौं । प्रत्येका सांसदको खल्तीमा ५ करोड राख्छौं । त्यो अनुमोदन स्वीकार गर्छौं । जागिर, काम र रोजगारी केही नभएको नेताले महँगा गाडी र महँगा ठाउँमा करोडौंका सम्पत्ति कसरी जोडे भनेर खोजी हुँदैन, बरु त्यहि घरको गेटमा लाम लागेर ति भ्रष्टको अनुहार हेर्न लालयीत हुन्छौं । जवसम्म जनतामा जागरण आउँदैन, परिवर्तन नेताका काला मुहार र बख्तरबन्द सम्पत्तिमा मात्र हुन्छ । हामीसँग ट्ँवा पर्नुको विकल्प हुँदैन ।

कर छलुवा र भ्रष्टाचारको थुप्रोमा डंगुर बनेर बसेको मुलुकको नागरिक भएको भान नहोस् । हर, चेतनशील नेपालीले यस विषयमा आवाज उठाउँदा कसो अर्को चुनावमा हामीले डायल गरेको नम्बर रङ होइन, सही नपर्ला ?

यसर्थ,
भोलीको विश्वमा देश चिनाउनु छ । आफू पनि स्वार्थी बनेर सन्ततीको भविष्य राम्रो देख्नुछ । परिचयको आधार फराकिलो बनाउनु छ भने मुलुक केन्द्रित विषयमा निर्णय लिऔं । काला धव्वाहरू पुछ्नु छ भने काम गर, होइन भने परिणाम फरक हुन्छ भन्ने चेतावनी दिऔं । लठैत कार्यकर्ता होइन, विवेकपूर्ण निर्णय दिनसक्ने नागरिक बन्ने अठोट कसौं । म पनि यो मुलुकको एउटा युवा भएका नाताले आह्वान गर्छु– ७० औं बर्षसम्म हामी भ्रममा बाच्यौं । भोली हाम्रा पुस्ताले यो भ्रमको भारी बोक्न नपरोस् । विश्वका कहलिएको राजनीतिक भ्रष्टाचारमा एक नम्बर मुलुक भनी चिनारी बोक्न नपरोस् । कर छलुवा र भ्रष्टाचारको थुप्रोमा डंगुर बनेर बसेको मुलुकको नागरिक भएको भान नहोस् । हर, चेतनशील नेपालीले यस विषयमा आवाज उठाउँदा कसो अर्को चुनावमा हामीले डायल गरेको नम्बर रङ होइन, सही नपर्ला ?

प्रतिक्रिया
सम्बन्धित