आइतबार, २७ माघ २०७५
DainikNepal.com
आइतबार, २७ माघ २०७५

बायर्न म्युनिखको अगाडि झुक्यो साल्के, बोरुसिया शीर्ष स्थानमा

दैनिक नेपाल २०७५ माघ २७ गते ९:३५

लण्डन, २७ माघ । जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखले साल्केलाई तीन एकले हराउँदै शीर्ष स्थानको बोरुसिया डर्टमुन्डससँगको दूरी ५ अंकमा झारेको छ ।

घरेलु मैदानमा भएको खेलमा बायर्नले उपहार गोलमार्फत खेलमा अग्रता बनायो । साल्केका ब्रुमाले ११औं मिनेटमा आत्मघाती गोल गर्न पुगे ।

२५ औं मिनेटमा साल्केले खेल बराबरी गरेको थियो । उसका लागि कुटुचुले गोल गरेका थिए । त्यसको दुई मिनेटपछि नै रोबर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई फेरि अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलले अगाडि रहेको बायर्नले ५७ औं मिनेटमा तेस्रो गोल गर्‍यो । लेवान्दोस्कीको पासमा सेर्गी नाब्रेले गोल गरे ।

यो जितले बायर्नले अंकतालिकामा २१ खेलबाट ४५ अंक बनाएको छ । शीर्ष स्थानको बोरुसियाको ५० अंक छ ।

प्रतिक्रिया
सम्बन्धित