शनिबार, २६ माघ २०७५
DainikNepal.com
शनिबार, २६ माघ २०७५

बोल्दा बोल्दै बेहोस भएका गाउँपालिका अध्यक्षको निधन

दैनिक नेपाल २०७५ माघ २६ गते १९:३३

काठमाडौं, २६ माघ । कार्यक्रममा मन्तव्य दिँदा दिँदै अचेत भएका पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भएको छ ।

शनिबार दिउँसो गाउँपालिकाको ५ नम्बर वडामा आयोजित एक कार्यक्रममा बोल्दै गर्दा उनी बेहोस भएका थिए । ७७ वर्षिय नेम्बाङलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी हुँदै गर्दा निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनीमा उच्च रक्तचापको समस्या रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित