
काठमाडौं, २६ माघ । कार्यक्रममा मन्तव्य दिँदा दिँदै पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङ अचेत भएका छन् ।
स्थानीयले तत्काल उनलाई उपचारका लागि इलामतर्फ पठाएका छन् । घुर्बिसे पञ्चमीमा आयोजित तीनदिने क्षमता विकास तालिमको समापन कार्यक्रममा सहभागी भएका अध्यक्ष नेम्वाङ मन्तव्य राखेर आफ्नो आसनमा नपुग्दै ढलेका थिए । उनी ब्लडप्रेसर लो भएका कारण ढलेको बताइएको छ ।
उनलाई उपचारका लागि इलामतिर लैजाँदासम्म होस आएको थिएन ।












प्रतिक्रिया