शनिबार, २६ माघ २०७५
DainikNepal.com
शनिबार, २६ माघ २०७५

नेपाली क्रिकेट खेलाडीको तलब निकासा, कसले कति पाउने ?

दैनिक नेपाल २०७५ माघ २६ गते १३:५७

काठमाण्डौ, २६ माघ । नेपाली क्रिकेट खेलाडीहरुको रोकिएको तलब आईसीसीले निकासा गरेको छ । आईसीसीले एकैपटक १ करोड २७ लाख ८७ हजार ७ सय ८२ रुपैयाँ निकासा गरेको हो ।

राखेपको खाता रहेको स्टाण्डर्ड चार्टड बैंकमा सो रकम पठाएको हो । सन् २०१६ देखि रोकिएको खेलाडीको तलब निकासा भएको छ ।

कसले कति पाउँछन् ?

ए, बी र सी तीन श्रेणीमा गरी २१ खेलाडी समावेश छन् ।

ए श्रेणीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी छन् ।

बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन छन् ।

सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन् ।

‘ए’ श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ, ‘बी’ श्रेणीका खेलाडीले मासिक २५ हजार रुपैयाँ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँका दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित