शुक्रबार, २५ माघ २०७५
DainikNepal.com
शुक्रबार, २५ माघ २०७५

देश फेरि युद्धमा फस्न सक्ने प्रचण्डको चेतावनी

दैनिक नेपाल २०७५ माघ २५ गते १६:१८

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि द्वन्द्व हुन सक्ने खतरा औँल्याएका छन् । शान्ति सम्झौता र संविधानको मर्म विपरित कतिपय कदमहरु चालिएकोमा चिन्ता व्यक्त गर्दै उनले देश फेरि पनि द्वन्द्वमा फँस्न सक्ने चेतावनी दिएका हुन् ।

‘हामीले शान्ति सम्झौतामा र संविधानसभाबाट संविधान बनाएर जे प्रतिज्ञा गर्यौँ, त्यही अनुरुप हामी अघि बढ्न सकेनौँ भने नचाहँदा–नचाहँदै पनि देशमा फेरि द्वन्द्वको अवस्था आउन सक्छ,’ काठमाडौँमा आयोजित एक कार्यक्रमम उनले भने, ‘परिकल्पना गरौँ, त्यो कति भयानक होला ? अबको नेपालले त्यो धान्न सक्ला ?’

उनले शान्ति सम्झौता विपरित प्रहरीमा भएका मुद्दा भाटाभट अगाडि बढाउन थालेकोमा गम्भिर चिन्ता पनि व्यक्त गरे । हिजोको सामन्ती निरंकुशतन्त्र व्यवस्थाले विभेदमा पारेकाहरलाई राज्य सञ्चालनमा समुचित स्थान दिन, त्यही अनुसारको राजनीतिक व्यवस्था निर्माण गरेर शान्ति र समृद्धिको नयाँ युग युगतिर जाने परिकल्पाना गरेर तत्कालिन सात राजनीतिक दल र तत्कालिन नेकपा माओवादीले शान्ति सम्झौता गरेको अध्यक्ष प्रचण्डले स्मरण गराए ।

प्रतिक्रिया
सम्बन्धित