आइतबार, १ भदौ २०७६
DainikNepal.com
आइतबार, १ भदौ २०७६

राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

दैनिक नेपाल २०७५ माघ २५ गते १५:४८

काठमाडौँ, २५ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ आज प्रमाणीकरण गर्नुभएको छ ।

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । –रासस 

प्रतिक्रिया
सम्बन्धित