३ कार्तिक २०८३, मंगलबार

उकालो लाग्दै सुनको भाउ, शुक्रबार ६२ हजार नाघ्यो

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ माघ । सुनको मूल्य प्रतितोला ६२ हजार नाघेको छ। शुक्रबार सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार प्रतितोलमा ६२ हजार रुपैयाँ कायम भएको सुन शुक्रबार पुनः एक सय रुपैयाँले बढेर ६२ हजार १ सय रुपैयाँ पुगेको हो।  बुधबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको  थियो।

यसैगरी शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कायम छ। महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला ७ सय ७५ रुपैयाँमा कारोबार भएको छ।  चाँदीको  भाउ भने स्थीर  छ।