२० कार्तिक २०८३, शुक्रबार

मेयरसँग विद्यार्थीहरुले गरे अन्तरक्रिया

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । लमजुङको सुन्दरबजार नगरपालिकाका नगरप्रमुख जनकराज मिश्रले आफ्नो कार्यकक्षमै विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् ।

सयपत्री आवासीय माध्यामिक विद्यालयका विद्यार्थीहरु मेयरसँग साक्षातकारका लागि कार्यकक्ष मै पुगेका थिए । विद्यालयका ६ देखि १० कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुले मेयर मिश्रसँग अन्तक्र्रियामा भाग लिएका थिए ।

‘हाम्रो सयपत्री राम्रो सयपत्री’ अभियान नै गरेका विद्यार्थीहरुले आफ्नो प्रतिभाको विकास गर्न तथा जिज्ञासु बन्नका लागि अन्तक्र्रिया गरेका हुन् ।

विद्यार्थीहरुलाई समाजका विविध परिवेशसँग परिचित गराउका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको विद्यालयको सञ्चालक समितिका अध्यक्ष विष्णकुमार श्रेष्ठले बताए ।

सहभागी विद्यार्थीहरुको कुरा ध्यान पूर्वक सुनेका मेयर मिश्रले आगामी दिनहरुमा आफू नै विद्यालय पुग्ने बताए ।

विद्यार्थीहरुले मेयर समक्ष शिक्षासँग सम्बन्धीत विभिन्न किसिमका जिज्ञासाहरु राखेका थिए ।

विद्यार्थीले मेयरसँग गरेको यस्तो प्रकृतिको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम जिल्लामै पहिलो भएको प्रधानाध्यापक ज्ञानेन्द्र शर्माले बताए ।