२० कार्तिक २०८३, शुक्रबार

आफैंले गोली चलाएर आत्महत्या गरे युवकले

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, २४ माघ । आफैले चलाएको भरुवा बन्दुकको गोली लागेर रोल्पामा एक युवकको ज्यान गएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–९ का २२ वर्षीय मिशन बुढाले आफैमाथि बन्दुक प्रहार गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुढाको छातीमा गोली लागेको छ । घरमा श्रीमती नभएको मौका छोपी बुढाले आत्महत्या गरेको बताइएको छ । उनको शव प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा शव परीक्षणपछि आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक लेखनाथ चापागाईंले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घटनाको सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको छ । –रासस