शुक्रबार, १३ वैशाख २०७६
DainikNepal.com
शुक्रबार, १३ वैशाख २०७६

दाङमा डरलाग्दो दुर्घटना : एकको मृत्यु, सांसदसहित १४ घाइते

दैनिक नेपाल २०७५ माघ २४ गते १९:५७


दाङ, २४ माघ । दाङमा बिहीबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने प्रदेश सांसदसहित १४ जना घाइते भएका छन् ।

घोराही नगरपालिका–३ चिसापानी मस्योट खोलामा प्रदेश ५ का सांसद उत्तरकुमार वली चढेको जीप र यात्रुबहाक बस ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा रुकुम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको छ ।

घाइते सांसद वलीको अवस्था गम्भीर रहेको छ । घोराहीमा उपचार हुन नसकेपछि वलीलाई थउ उपचारका लागि कोहलपुर लगिएको छ । हेलिकप्टरबाट काठमाडौं लिने प्रयास भएपनि खराब मौसमले सम्भवन नभएको पारिवारिक स्रोतले जनाएको छ ।

लमहीबाट घोराहीतर्फ जाँदै गरेको जीप विपरित दिशाबाट आएको यात्रु बससँग बिहीबार साँझ सवा पाँच बजे ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित