
काठमाडौँ, २४ माघ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक माघ २८ गते पुनः बस्ने गरी स्थगित भएको छ । ललितपुरस्थित काँग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठक २८ गते बस्ने गरी स्थगित भएको कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काँग्रेस केन्द्रीय समिति बैठकको एजेन्डामा केही पहिलेको महासमिति बैठकले पारित गरेको विधान र अन्य दस्तावेज कार्यान्वयनको बारेमा छलफल चलिरहेको छ ।
आजको बैठकमा बलबहादुर केसी, डा. नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, डा. शेखर कोइराला, डा. चन्द्रकान्त भण्डारी, शंकर भण्डारी, गगनकुमार थापा, गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राखेको थिए ।
साथै, पाँचथरको साविक आङसाराङ गाउँ कार्यसमितिका सभापति डिल्लीकुमार आङ्गदेम्वेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । उनको बुधबार निधन भएको थियो । नेपाली काँग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उनले पुर्याएको योगदान अतुलनीय रहेको काँग्रेसले जनाएको छ ।












प्रतिक्रिया