बिहीबार, २४ माघ २०७५
DainikNepal.com
बिहीबार, २४ माघ २०७५

चार जना महिलासित के गर्दै थिए एक्ला पुरुष ?

दैनिक नेपाल २०७५ माघ २४ गते १८:४१

काठमाडौँ, २४ माघ । भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ आदर्श स्थित एक गेस्ट हाउसबाट प्रहरीले चार महिला र एकजना पुरुषलाई आपत्तिजनक अवस्थामा पक्राउ गरेको छ ।

पार्वती भन्ने गोमा गोतामेले संचालन गरेको कस्तुरी चमेना गृह गेस्ट हाउसको कोठामा प्रहरीले छापा मारी अनैतिक कृयाकलाप गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले गेस्ट हाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका–२ घर भई हाल कोटेश्वर बस्ने वर्ष ४५कि पार्वती भन्ने गोमा गोतामेलाई पनि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उपर जिल्ला अदालत भक्तपुरमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित