
-मिना बुढाथोकी
सल्यान, २२ माघ । नेपाल उद्योग वाण्ज्यि महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले वर्तमान सरकारले नीजि क्षेत्रलाई समेटेर अगाडी बढ्नु पर्ने बताएका छन् । सल्यान उद्योग वाणिज्य संघको आठौं वार्षिक साधारण सभा तथा चौबिसौं जन्मोत्सवका अवसरमा सल्यानको श्रीनगरम आयोजित कार्यक्रममा बोल्दै उनले सल्यानमा उत्पादित सामाग्रीलाई तिनै तहको सरकारले प्रोत्साहन गर्नु पर्नेमा पनि जोड दिए ।
‘यहाँ उत्पादित वस्तुलाई सरकाले विशेष खालको प्राथकिता दिनु पर्छ’ उनले भने । दिगो व्यवसाय विकास र स्थानीय स्तरमा भएका श्रोत साधनको भरपुर प्रयोगबाट रोजगारी सृजना गर्ने काममा तिनै तहका सरकार र नीजि क्षेत्रले साझेदारीको रुपमा काम गर्नु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले स्थानीय तहमा नीतिगत सुधार र व्यवसायीमैत्री वातावरण नभएको गुनासो गरे । नीतिगत अष्पष्टताका कारण कतिपय मौजुदा ऐन कानुनको कार्यान्वयनमा सरकारी निकायबाट हुने व्याख्या र व्यवहारबाट उद्योगी व्यवसायीहरुले समस्या झेल्नु परेको उनले बताए । स्थानीय स्तरमा आर्थिक विकास र रोजगारी सिर्जनाका लागि स्थानीय स्तरमा उत्पादित वस्तुहरुको भरपुर उपयोग गर्दै आवश्यक नीति नियमहरुको पनि फेरबदल गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सल्यान उद्योग वाणिज्य संघका महासचिव भरत कुमार बस्नेतले संघको प्रतिवेदन प्रस्तुत गरे । यस्तै आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष काली बहादुर भण्डारीले प्रस्तुत गरेका थिए ।
सल्यान अब आधुनिक बन्दै छ : पूर्वमन्त्री बस्नेत
कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सांसद टेक बहादुर बस्नेतले सल्यान अब आधुनिक बन्ने बताए । सांसद बस्नेतले सल्यानले सडक, विद्युत, खानेपानी लगायतमा फड्को मारेको भन्दै आधुनिक सल्यान बन्न लागेको टिप्पणी गरे । राप्ती राजमार्गले पनि अब फड्को मार्ने उनको दाबी छ ।
अहिले जिल्लाका प्रत्येक वडाहरुमा खानेपानी समेत पुग्न लागेको भन्दै उनले आधुनिक सल्यान बन्न लागेको बताए । अझै विकासको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार एकबद्ध भएर लाग्ने उनले विश्वास दिलाए ।












प्रतिक्रिया