मंगलबार, २२ माघ २०७५
DainikNepal.com
मंगलबार, २२ माघ २०७५

महिलाद्वारा युवती बलात्कृत, पीडक महिलालाई जेल !

दैनिक नेपाल २०७५ माघ २२ गते १६:१३

काठमाडौं, २२ माघ । एक १९ बर्षिया युवतीलाई २५ बर्षिया महिलाले यौन खेलौनाको मद्दतले बलात्कार गरेको घटना बाहिर आएको छ ।

ति महिलाले युवतीलाई जबरजस्ती जनवारको जस्तो यौनक्रिडा गरेको बताइएको छ । यो घटना भारतको हो । भारतको उच्च अदालतले ति महिलालाई धारा ३७७ अनुसार कारबाही सुनाएको बताइन्छ । यो घटना भारतमै पनि पहिलो हुनसक्ने अनुमान गरिएको भारतीय समाचार एजेन्सी इन्डिया टुडेले जनाएको छ ।

भारतको कारकारदुमा अदालतले फैसला सुनाएर प्रहरीलाई कारबाहीका लागि आदेश दिएपछि महिलालाई तिहार जेलमा राखिएको बताइन्छ ।

यो घटना गएको सेप्टेम्बर महिनामा भएको थियो । महिलाले अपराध स्वीकार नगरे पनि प्रहरीले उजुरी दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउँदै कारबाहीका लागि अदालतमा पेस गरेको थियो ।

उत्तरपूर्वी क्षेत्रमा कामका लागि आएकी युवतीलाई दिल्लीकी महिलाले बलात्कार गरेको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित