२० कार्तिक २०८३, शुक्रबार

सेनाको रगतले जोगियो सुत्केरीको ज्यान

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डोटी, २२ माघ ।  दिपायलमा नेपाली सेनाले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।

नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पावर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्तिथ शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेडाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।

रक्तश्रावका कारण ज्यान नै खतरामा परेका कारण नेपाली सेनाले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएका कारण निजको ज्यान जोगिएको अस्पतालका निर्देशक आइजँग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो, सेनाले रगत दिएपछि उहाँको ज्यान जोगियो ।”

नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत दिँदै आएको छ । –रासस