१ कार्तिक २०८३, शनिबार

जर्मनीमा पनि जन्मियाे गोर्खाली समाज

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जर्मनी । जर्मनीको फ्रान्क्फार्टमा गोर्खालीहरुको भेला सम्पन्न भएको छ। एनआरएनएका पूर्वग्लोबल अध्यक्ष तथा साहित्यकार जिबा लामिछाने भेलाका प्रमुख आतिथि रहेका थिए ।
गैह्र आबासिय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, सोहि संघका संस्थापक राम प्रताप थापा, गैह्र आबासिय नेपाली संघ फ्रान्सका संस्थापक हरिहर अर्याल तथा गोर्खाली समाज बेल्जियमका अध्यक्ष राम घले समेतको बिशेस उपस्थितिमा भएको भेलाले बाशु अर्यालको अध्यक्षतामा गोर्खाली समाज जर्मनी गठन गरेको हो।
गोरखामा लगानी तथा परोपकारको मूल उद्येश्य राखेर गठन भएको गोर्खाली समितिको पदाधिकारीहरुमा क्रमश उपाध्यक्ष बन्दना पन्त,महासचिब सुजन थापा, सचिब जिबन ढकाल र कोषाध्यक्ष राधिका खनाल रहेका छन्। त्यस्तै सदस्यहरु क्रमश डा.सरोज अर्याल,सारदा देबकोटा,पार्वती फुँयाल, ज्योती चालिसे र तोयानाथ खनाललाई भेलाले चयन गरेको छ।  थप क्षेत्रहरुको प्रतिनिधित्व हुने गरेर आवस्यकता अनुशार केहि सदस्य थप गर्न समाजलाई भेलाले अनुमतिसमेत दिएको छ।
भेलाले समाजलाई संरक्षणको साथै आवस्यक सुझाब सल्लाहको लागी सल्लाहकार समिति समेत निर्माण गरेको छ। जसमा जिबा लामिछाने,कुमार पन्त,राम प्रताप थापा र कृष्ण गौतम रहेका छन्।
गोर्खाली सामाजका अभियन्ता बाशु अर्यालको सभापतित्व र सरोज थापाको संचालनमा भएको प्रथम खुल्ला सत्रमा सरोज अर्यालले युरोपको विभिन्न स्थानबाट आएका अतिथिहरुलाई मन्तब्य मार्फत स्वागत गरेका थिए।
प्रतिबद्धता मन्तव्यको क्रममा बिकास, समृद्धि प्रेम र समबेदनाको परिधिबारे बोल्दै गोर्खा समाज जर्मनीका अध्यक्ष बासु अर्यालले भने, “यी कुराहरु परिवार, गाउँ र जिल्लासंग प्रवल रुपले जोडिदै देशको हितमा समाहित हुन्छन। समबेदना, मानबिय हित, प्रेम र भावनाका अन्य उत्कण्ठाहरुको लहर अन्तत अन्तराष्ट्रिय मानबतामा समाहित हुने हो। गोर्खाली समाजको गठन यहि सकारात्मकताको लागी पहिलो प्रयास हो।”